जानकीनगर साझेदारीकाे साधारण सभा सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१९ गते   ५२३ पटक हेरिएको

सर्लाहीकाे कीनगर साझेदारी वन व्यावस्थापन समुह सर्लाहीको दाेस्राे साधारणा सभा सुरु भएको छ ।जिल्लाका नाै वटा पालिकाका ७५ वटा वडाहरु समेटिएर बनेकाे साझेदारी वन समुहकाे दाेस्राे साधारण सभा बरहथवामा सुरु भएको हाे । जिल्ला समन्वय समिति सर्लाहीका सभापित काैशल किशाेर सिंहकाे अध्यक्षता एवम मधेश प्रदेश वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीकाे प्रमुख आतिथ्यता रहेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री कुर्मीले  पर्यावरणका कारण विभिन्न राेगहरु निम्तिएकाे तथा वन विनाशका कारण प्राकृतिक प्रतिकुलताका साथै पानी सुक्नु,माैसमी विपती आउनुमा वन विनाश पहिलाे कारण रहेकाे बताए ।
 कार्यक्रममा राष्ट्रपति तराई चुरे मधेश विकास संरक्षण समिति मधेश प्रदेशका प्रमुख शिव कुमार पाेख्रेल,मधेश प्रदेश वन निर्देशनालय का सुजित झा,डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत मन्जुर अहमद्,बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवाल,प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव लगायत जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुका साथै जिल्लाका  नाै वटा पालिकाका ७५ वटा वडाहरुका जनप्रतिनिधिहरुकाे समेत विशेष उपस्थितिमा साधारण सभाकाे उद्घघाटन सत्र सम्पन्न भएको हाे।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech