भारतिय नागरिक खाँ कांग्रेसको समानुपातिक तर्फ उम्मेदवार सिफारिस

230 Shares

सर्लाहीको मलंगवा नगरपालिका ७ स्थायी घर भएर लामो समयदेखि भारतको कुलदिप नगर लुधियाना गल्ली नं. ५ जोधेवाल बस्तीमा बसेर व्यापार गर्दै आएका मानिसलाई नेपाली कांग्रेसको समानुपातिक सूचीमा नाम समावेश भएपछि नेपाली कांग्रेस सर्लाहीमा विवाद सृजना भएको पाइएको छ।मलंगवा नगरपालिका ७ स्थायी घरभई विगत करिब २५ वर्षदेखि भारतको कुलदिप नगर लुधियाना गल्ली नं. ५ जोधेवाल बस्तीमा पकीजा गार्मेन्ट्स व्यापार गर्दै आएका मो.अन्सार खाँको नाम समानुपातिक सूचीमा देखिएपछि नेपाली कांग्रेस सर्लाहीमा विवाद देखिएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीका चार वटा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस सर्लाहीले ४० जना उम्मेदवारहरु सिफारिस गरेकोमा खाँको नाम समावेश नभएको भएपनि केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा बुझाएको उम्मेदवार सूचीमा खाँनको पनि नाम समानुपातिक सूचीमा समावेश भएको पाइएपछि नेपाली कांग्रेस सर्लाहीले गम्भीर आपत्ति जनाएको छ। भारतमा बसि दुई दशक देख उतै व्यवसाय गरि उतैको आधार कार्ड समेत बनाई सकेका भारतीय नागरिलाई समानुपातिक सूचीमा राखेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिले उक्त निर्णयप्रति आश्चर्य र स्तब्धता प्रकट गर्दै केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षण तथा भत्र्सना पत्र पठाएको छ ।
खाँ को नाम कांग्रेस सर्लाहीको कुनै पनि तहको समितिबाट सिफारिस नभएको तथा संगठनमा सक्रिय नरहेका उनी विगत करिब २५ वर्षदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्तिलाई कुन मापदण्डका आधारमा समानुपातिक सूचीमा समावेश गरियो भन्ने विषय शंकास्पद रहेको नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार राय यादवले 
बताए ।
उनैले हस्ताक्षर गरी केन्द्रीय कार्य समितिलाई पठाइएको ध्यानाकर्षण पत्रमा केन्द्रीय समितिको निर्णयले जिल्लामा बसेर वर्षौँदेखि पार्टी संगठन विस्तारमा खटिएका कार्यकर्ताको आत्मबल गिरेको,संगठनभित्र असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरिएको छ।“संगठनमा बसेर किन काम गर्ने?”भन्ने प्रश्न कार्यकर्तामाझ उठ्न थालेको नेपाली कांग्रेस सर्लाहीका कार्य वहाक सभापति डा.सरोजले बताए ।
उनका अनुसार पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा यस्ता निर्णयले संगठनलाई थप क्षति पु¥याउने साथै कांग्रेस भित्र पहुँच,पैसा र पावरका आधारमा बाहिरबाट आउने अवसरवादी व्यक्तिहरूलाई प्राथमिकता दिनु घोर अन्याय भएको छ।
जिल्ला कार्यसमितिले समानुपातिक उम्मेदवारको नामावली यथाशीघ्र सच्याउन केन्द्रीय कार्यसमितिसँग जोडदार माग गरेको छ।साथै,आगामी दिनमा जिल्लामै बसेर दिनरात संगठनमा काम गरेका समर्पित कार्यकर्तालाई प्राथमिकतामा राखी सिफारिस गर्न समेत केन्द्रीय नेतृत्वलाई पत्र मार्फत सचेत गराइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
त्यसैगरी,नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर २ क्षेत्रीय कार्य समितिले समानुपातिक सांसदको बन्द सूचीमा परेका खाँको बारेमा जिल्ला कार्य समितिले भ्रम फैलाएको आरोप लगाउँदै भत्र्सना गरेको छ ।
क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवम पिनर्तमान मन्त्री कौशल किशोर राय र क्षेत्रीय सचिव रामकेवल महतोले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय कार्य समितिले पार्टीप्रति निष्ठावान एवम प्रतिवद्ध रहेको परिवारबाट अल्पसंख्यकलाई कदर गर्दै समानुपातिक बन्दसूचीमा नाम पठाएकोमा धन्यवाद व्यक्त गरेका छन्।समानुपातिक सूचीमा परेका खाँलाई भारतमा बसेर व्यापार गर्ने,पार्टीमा कुनै योगदान नरहेको भन्ने जस्ता विषय उल्लेख गरेर पत्र सार्वजनिक गरेपछि क्षेत्रीय कार्य समितिले उनको नागरिकता नम्बर र पार्टीको क्रियाशील सदस्यता नम्बर नै सार्वजनिक गर्दै जिल्ला कार्य समिति सर्लाहीले सार्वजनिक गरेको पत्रप्रति क्षेत्रीय कार्य समितिले आश्चर्य व्यक्त गरेको छ ।
यस्तै क्षेत्रीय सभापति राय र क्षेत्रीय सचिव महतोले हस्ताक्षर गरेको पत्रमा पुस ४ गते बसेको क्षेत्रीय कार्य समितिको सिफारिस बिना आफू खुसी विभिन्न क्षेत्रमा बसेर एउटै परिवारबाट बुवा राष्ट्रिय सभा,छोरा प्रतिनिधि सभा,भाउजुलाई समानुपातिकमा,भतिजोलाई प्रत्यक्षतर्फ सिफारिस गरी परिवारवाद र नातावादको नमूना प्रस्तुत गरेको अरोप लगाइएको छ ।
यस विवादले सर्लाही कांग्रेसभित्र फेरि एक पटक संस्थापन र संस्थापन इतर पक्षबिचको टकराब सतहमा आएको हो।सर्लाही कांग्रेसले पठाएको समानुपातिकतर्फका १९ जनाको नाममध्ये भने कोही पनि बन्दसूचीमा नपरेका जिल्ला सचिव निरज कार्कीले बताए ।तर नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय समितिले सिफारिस गरेको प्रत्यक्ष तथा समानुपातिक तर्फ कतैपनि खाँको नाम सिफारिस गरिएको छैन् ।
कोको छन् ? प्रत्यक्ष तथा समानुपातिक तर्फ सिफारिस
क्षेत्र नम्बर १ बाट 
प्रत्यक्ष तर्फ निवर्तमान मन्त्री शम्भुलाल श्रेष्ठ,राम चन्द्र चौधरी,मन्दिरा आचार्य र जुना परियार र  समानुपातिक तर्फ सुशिला कार्की र इस्कीलाल पासवान
क्षेत्र नम्बर २ बाट 
प्रत्यक्ष तर्फ कार्यवाहक सभापति डा.सरोज कुमार राय यादव,धन्मन्ती देवी,सत्यनारायण राउत,शिवजी राय यादव र जयहरी श्रेष्ठ तथा समानुपातिक तर्फ ब्रज किशोर मिश्र,सरिता देवी साह,लक्ष्मण राय,अनिता कुमारी देवी यादव र प्रमिला कुमारी बरही
क्षेत्र नम्बर ३ बाट 
प्रत्यक्ष तर्फ नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्की,रामवली राय यादव,सिद्धार्थ थापा, हरेश महतो,कृष्ण देव यादव,यसोधा निरौला(चालिसे),विनोद खनाल,निरमुनी मैनाली,माया कार्की(बस्नेत) र रमेश कुमार निरौला तथा समानुपातिक तर्फ पुण्य प्रसाद घिमिरे,दान बहादुर बुढाथोकी,देवीमनी काफ्ले,महेन्द्र प्रसाद साह,भागिरथ राई,नित्यानन्द शर्मा(कँडेल),हरिजंग महरा र पद्मा कोईराला
क्षेत्र नम्बर ४ बाट 
प्रत्यक्ष तर्फ महामन्त्री गगन कुमार थापा,निवर्तमान मन्त्री विरेन्द्र प्रसाद सिंह र सुधिर प्रसाद साह तथा समानुपातिक तर्फ बेबी सिन्हा,श्याम शुन्दर यादव र सुभद्रा देवी महत्तो 
चार वटा निर्वाचन क्षेत्रका लागि २२ जनाको नाम प्रत्यक्ष तर्फ र १८ जना समानुपातिक तर्फ गरी ४० जनाको नाम नेपाली कांग्रेस सर्लाहीले सिफारिस गरेको छ ।

सम्बन्धित समाचार