ट्रकको ठक्करबाट लालबन्दी ९ का आचार्यको मृत्यु,घिमिरे गम्भीर घाईते

331 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ का नरकुमार आचार्यको बर्दिवासमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ।महोत्तरीको बर्दिबास नगरपालिका १० स्थित वनपथमा प्रदेश २ ०३ ००१ ख ६४६१ नम्बरको ट्रकले मधेश प्रदेश ०२ ००८ प ६८३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सर्लाहीको लालबन्दी नगरपालिका ९ का अन्दाजी ३८ वर्षीय आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मधेश प्रदेश ०२ ००८ प ६८३४ नम्बरको स्कुटरमा आचार्य र उनकी श्रीमती धन कुमारी घिमिरे सवार रहेकामा आचार्यको मृत्यु भएको छ भने घिमिरे गम्भीर घाइते भएकी छन्।सर्लाहीबाट बर्दिवास तर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।गम्भीर घाईते भएकी घिमिरेको यो समाचार तयार पार्दैगर्दा सम्म स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार