सर्लाहीका १६ वटा पालिकामा एमालेले प्रमुखहरुको उम्मेदवार टुंङ्ग्याए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-११ गते   २०२ पटक हेरिएको

नेकपा (एमाले)सर्लाहीका १६ वटा पालिकामा प्रमुखहरुको उम्मेदवार टुंङ्ग्याएले सर्लाहीका १६ वटा पालिकामा प्रमुखहरुको उम्मेदवार टुंङ्ग्याएको छ । आइतबार जनकपुरधाममा बसेको प्रदेश कमिटीको बैठकले ४ वटा पालिका खाली राखेर १६ वटा पालिकामा प्रमुखको उम्मेदवार टुङ्ग्याएको हो ।
एमालेले लालबन्दी, हरिवन र ईश्वरपुरमा अहिलेकै नगर प्रमुखलाई पुनः उम्मेदवारमा दोहोर्याएको छ । लालबन्दीको नगर प्रमुखमा मानबहादुर खड्का, उपप्रमुखमा सनसरिमाया थिङ, ईश्वरपुरको नगर प्रमुखमा मनोज कुमार देवकोटार र  हरिवनकोे नगर प्रमुखमा गणेश प्रसाद प्रसाई र उप प्रमुखमा हरिमाया घलानलाई उम्मेदवार बनाइएको नेकपा(एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिनुभयाे ।
यस्तै, बरहथवा नगरपालिकाको नगर प्रमुखमा कल्पना कटुवाल,  हरिपूर्वा नगरपालिकाको नगर प्रमुखमा जयप्रकाश यादव र उप प्रमुखमा अंगुरी खातुन, बलरा नगरपालिकाको नगर प्रमुखमा सचित्र सहनी र उप प्रमुखमा रन्जु कापर, बागमती नगरपालिकाको नगर प्रमुखमा टंकबहादुर बस्नेत (गोकुल) र उप प्रमुखमा सरिता घिसिङ, गोडैता नगरपालिकाको नगर प्रमुखमा श्यामबाबु साह र कविलासी नगरपालिकाको नगर प्रमुखमा कौशलकिशोर यादव र उप प्रमुखमा मीना कुमारी देवीकाे नाम ट्ङ्ग्याे लगाएकाे हाे । 
यसैगरी, ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा रीता साह र चक्रघट्टा गाउँपलिकाको अध्यक्षता सिकेन्द्र कुमार चौधरी र उपाध्यक्षमा सविना खातुन, धनकौल गाउँपालिकाको अध्यक्षतामा अजय कुमार सिंह र बसबरिया गाउँपालिकाको अध्यक्षमा रामविश्वास राय र पर्सा गाउँपालिकाको अध्यक्षमा नागेश्वर साह र विष्णु गाउँपालिकाको अध्यक्षतामा राजेन्द्र राय यादव र रामनगर गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम चौधरी र उपाध्यक्षमा निलम यादवकाे नाम टुङ्ग्याएकाे हाे ।
एमालेले जिल्लाको हरिपुर नगरपालिकाको प्रमुख, उपप्रमुख, मलंगवा नगरपालिकाको प्रमुख, उप प्रमुख, कौडेना गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र चन्द्रनगर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षकाे नाम टुङ्ग्याउन बाकी रहेकाे एमाले सर्लाहीले जनाएको छ ।
उमेदवारकाे टुङ्ग्याे नलागेका ठाउँहरुमा सोमबार मध्यान्ह १२ बजेसम्म उम्मेदवारहरु तय गरिने मधेश प्रदेशका उपाध्यक्ष रेवती पन्तले जानकारी दिनुभयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech