राष्ट्रिय गौरवका आयोजना पूर्व पश्चीम राजमार्ग स्तरोउन्नतीको नाममा आवश्यक निर्माण सामाग्रीको आपूर्तिलाई आधार बनाएर सर्लाहीको बाँके खोलाबाट अवैध उत्खन्न् भएको पाइएको छ ।पूर्व पश्चीम राजमार्ग स्थित कमला–ढल्केबर–बागमती सडक खण्डको स्तरोउन्नतीको काम भई रहेको र सोही बाहना बनाएर निर्माण कम्पनी रसुवा निर्माण सेवा प्रा.लि.ले अवैध तरिकाले बाँके खोला उत्खन्न गरेको भन्ने सूचनाका आधारमा कमलामाई मिडिया प्रा.लिको टिमले स्थलगत गर्दा सर्लाही र महोत्तरीको सीमा स्थित बाँके खोलामा एउटा सकारभेटर लगाएर पाँच वटा टिपरले नदीजन्य पदार्थको अवैध उत्खन्न गरेको पाइएको हो ।निर्माण कम्पनी रसुवा निर्माण सेवा प्रा.लिले बाँकेको श्रीनगर नजिकै अस्थायी क्रसर खडा गरेको र बाँके खोलाबाट अवैध तरिकाले उत्खन्न गरेर सोही क्रसरमा नदीजन्य पदार्थ लगेको पाइएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको नाममा प्रयोग हुने सामाग्री भन्दै स्वीकृती समेत नलिई नदीजन्य पदार्थ उत्खन्न गरिएको पाइएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीलाई जानकारी गराउँदा असार,साउन र भदौमा कुनैपनि बाहनामा कसैले पनि नदीजन्न्य पदार्थ खोलामा सवारी सााधनहरु लगेर निकासी गर्न नपाउँने बताए।उनले राष्ट्रिय कानून सबैलाई लागु हुने भएकाले मौज्दातमा रहेका नदीजन्य पदार्थहरुको सवालमा केही लचकता अपनाउन सकिने भएपनि असार,साउन र भदौमा खोलामा स्काभेटर तथा जेसीवि प्रयोग गरेर नदीजन्य पदार्थको उत्खन्न तथा निकासी गर्न नपाउने बताए ।
स्थानीयवासीले नदी दोहनका कारण नदी किनारका खेतीयोग्य जमिन कटानको जोखिम बढि रहेको,भ–क्षय तीव्र बनेको तथा जलस्रोतमा समेत नकारात्मक असर परेको अवस्थामा असार,साउन र भदौमा पनि नदीबाट अत्यधिक मात्रामा नदीजन्य पदार्थ निकालिँदा वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्ने उनीहरूको भनाइ छ।
“ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न, तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७”ले पनि असार,साउन र भदौका साथै वातावरणीय प्रभाव मूल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षणको स्वीकृत नभएका तथा ठेक्का नलागेका स्थानमा नदीजन्य पदार्थको उत्खन्न तथा निकासी पैठारी गर्न नपाउने व्यवस्था गरेको भएपनि रसुवाले मापदण्ड तथा कानूनी कुरालाई वेवास्था गर्दै नदीजन्य पदार्थ उत्खन्न गरी रहेको पाइएको हो ।सो सम्बन्धमा निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर डिल्ली ढकाललाई फोन गर्दा उनको फोन उठेन।स्रोतका अनुसार रसुवा कम्पनीले स्थानीय प्रहरी मिलाएर खोलाहरुमा नदीजन्य पदार्थको उत्खन्न गर्ने रहेका छन् ।
यता,रसुवा निर्माण कम्पनीले सर्लाहीका क्रसर उद्योगहरुबाट निर्माण सामाग्री खरिद गर्ने सहमती गरेर अन्र्तराष्ट्रिय प्राविधिकहरुले स्वीकृत नगरेका अन्य क्रसर उद्योगबाट निर्माण सामाग्री खरिद गरेको समेत पाइएको हो ।