सर्लाहीको बागमती युथ क्लब सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा,महावीर ४–० ले पराजीत

184 Shares

सर्लाहीको बागमती युथ क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।बुधवार(आज) एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले महावीर क्लबलाई  ४–० गोलअन्तरले पराजीत गरेको बागमती नगरपालिकाको खेलकुद विकास समितिका संयोजक एवम बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।उनका अनुसार राज भुसालले दुई गोल गरे भने दिपेश राई र सृजन राज गौतमले एक– एक गोल गरेर बागमती युथ क्लबलाई जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उकालेका हुन ।
जित पछि बागमतीको नौ खेलमा २० अंक पुगेको छ भने दोस्रो र तेस्रो स्थानमा रहेका पुल्चोक स्पोर्ट्स क्लब र आरसी ३२ फुटबल एकेडेमीको १९–१९ अंक रहेको बागमती युवा क्लबका सचिव कुमार प्रधानले बताए ।उनका अनुसार बागमतीसंग पराजित भएको महावीर नौ अंक सहित ११ औं स्थानमा रहेको छ ।
बुधबार(आज)को खेल सँगै सि डिभिजनमा नवौं चरणका खेलहरू सकिएका छन् । १० औं चरणको खेल शुक्रवारबाट सुरु हुँदै अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।एन्फाका अनुसार शुक्रवार हुने एकमात्र खेलमा आरसी ३२ ले मनोहरा युनाइटेड युथ क्लबको सामना गर्नेछ ।मोफसलमा रहेर फुटबल खेलक्षेत्रमा धेरै प्रतियोगितामा सहभागी भएको बागमतीले ए डिभिजन लिगका क्लबहरुलाई समेत विभिन्न स्थानहरुमा भएका फुटबल प्रतियोगिताहरुमा पराजीत गरि सकेको छ ।

सम्बन्धित समाचार