चेक अनादरको मुद्धाका पीडित क्षेत्री नै पक्राउ

495 Shares

सर्लाहीका व्यवसायी सिद्धिबहादुर राय क्षेत्री(अर्जुन)लाई चेक अनादर मुद्दा विचाराधीन अवस्थामा रहेकै अवस्थामा प्रहरीले पक्राउ गर्यो।सन्तोषी निर्माण सेवा प्रा.लि.का सञ्चालक केशव राज कँडेललाई दिएको ऋणको चेक बाउन्स भएपछि क्षेत्रीले मुद्दा दायर गरेका थिए।
कँडेलका छोराले उज्वलराज कँडेलले दायर गरेको ठगी मुद्दामा क्षेत्री पक्राउ परे पनि प्रमाण देखाएपछि रिहा भएका छन्।सन्तोषी निर्माण सेवा प्रा.लिले सर्लाहीको फूलजोर देखि त्रिभुवननगर सम्मको हुलाकी सडक निर्माणको क्रममा क्षेत्रीको क्रसरबाट निर्माण सामाग्री तथा सवारी साधनहरु प्रयोग गरेको र सो वापतको चेक दिएको थियो।सन्तोषी निर्माण सेवा प्रा.लि.का सञ्चालक केशव राज कँडेलका भतिजा जीवन कँडेलले उत्त सडक खण्डको साईट इन्चार्जको रुपमा काम गरेका थिए।सोही क्रममा उनले सर्लाहीका व्यवसायी क्षेत्रीलाई मिति तथा रकम नलेखि चेक दिएका थिए।पछिजीवनले उक्त साईडमा काम गर्न नसकेपछि छाडेर गएर केशवका छोरा उज्वलराज कँडेलले उक्त सडक निर्माणको काम गरे।जीवनले मिति तथा रकम नलेखी क्षेत्रीलाई दिएको चेक पछि आफैँले भरेर बैँकमा जाँदाचेक अनुसारको रकम नपाएपछि उनले चेक अनादरको मुद्धा अदालतमा हाले।सन्तोषी निर्माण सेवा प्रा.लि.का सञ्चालक केशव राजका छोरा उज्वलले पनि अदालतमा मुद्धा हालेपछि उक्त मुद्धा अहिले विचाराधिन अवस्थामा रहेको छ ।
तर,“एक महिनाभित्र फिर्ता दिन्छु,मलाई रु २६ लाख ऋण कर्जा दिनुप¥यो भनी माग अनुरोध गरेकाले अघि पनि कारोबार समेत गरेकाले पछि एकापसमा काम लाग्ने भएको हुँदा यो रकम बापत प्रत्याभूत मलाई के दिन्छौ भन्दा सन्तोषी निर्माण सेवा प्रा.लिको नाममा रहेको चेक दिएर उक्त घटना भएको तीन वर्षपछि २०८१ असोज १ मा क्षेत्रीले अदालतमा चेक अनादरको मुद्दा दायर गरेको”क्षेत्रीले सर्लाही जिल्ला अदालतमा हालेको फिरादपत्रमा भनिएको छ ।
सो सम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा असार २३ गते सर्लाहीबाट काठमाडौँ जाने क्रममा प्रहरीले क्षेत्रीलाई फर्पिङबाट आपराधिक विश्वासघातको कसुरमा पक्राउ ग¥यो ।बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रा.लि.का सञ्चालक क्षेत्री विरुद्ध जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट आपराधिक विश्वासघात तथा ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको रहेछ ।चेक अनादरका प्रतिवादी केशवराजका छोरा उज्वलराजले“ठगी र आपराधिक विश्वासघात” को मुद्दा दायर गरेका थिए । 
जाहेरीमा उज्वलराजले क्षेत्रीले सन्तोषी निर्माण सेवा कम्पनी प्रा.लि.को चेकमा आफूखुसी रु २६ लाख भरी सो बमोजिम रकम माग गरी आपराधिक विश्वासघात तथा ठगी गरेको आरोप लगाएका थिए ।एक रात प्रहरी हिरासतमा बसेपछि उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेस गरियो तर क्षेत्रीले आफू नै पीडित भएको र सर्लाही जिल्लामा मुद्दा विचाराधीन रहेको बताएपछि उनलाई असार २४ गते नै छाडिएको छ।बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रा.लि.का नाममा सन्तोषी निर्माण सेवा प्रा.लि.कम्पनीको चेक,फिरादपत्र,अदालतमा बुझाएको प्रति उत्तर समेत देखाएपछि आफुलाई छाडिएको क्षेत्रीले बताए ।रिहा भएपछि क्षेत्रीले मुद्दा विचाराधीन हुँदाहुँदै शक्तिको दुरुपयोग गरी आफूलाई पक्राउ गरिएको र चेक अनादरको मुद्दा दायर गर्ने वादी आफैँ प्रहरीको नियन्त्रणमा पुगेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार