भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा नीजि सम्पतीको तोडफोड,आगजनी तथा लुटपाट गर्ने कार्यमा संग्लग्न १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकार सम्मेलन गरि जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा नीजि सम्पतीको तोडफोड,आगजनी तथा लुटपाट गर्ने कार्यमा संग्लग्न रहेर पक्राउ परेका १५ जनाको नामावली सार्वजनिक गरिएको हो ।
जसमा सर्लाहीको बागमती नगरपालिका १२ घर भई कमलामाई नगरपालिका ६ धुरा बजार बस्ने अन्दाजी वर्ष २० का सुजन साह र रामनगर गाउँपालिका ६ घरभई कमलामाई नगरपालिका ६ मै बस्ने अन्दाजी वर्ष २५ का पप्पु कुमार साह,महोत्तरीको गौशाला नगरपालिका २ घरभई कमलामाई नगरपालिका ५ बस्ने राजु महरा र बर्दिवास नगरपालिका १४ घरभई कमलामाई नगरपालिका ६ मा बस्ने अन्दाजी वर्ष ३५ का हरिचन सोनार, भारतको सितामाढी जिल्ला घरभई कमलामाई नगरपालिका ४ मा बस्ने अन्दाजी वर्ष २२ का देव नन्दन साह,कमलामाई नगरपालिका ८ का अन्दाजी वर्ष ३४ का ओम बहादुर खत्री,सोही ठाउँ घरभई कमलामाई नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ३६ का रत्न बहादुर श्रेष्ठ(मिलन),कमलामाई नगरपालिका ५ का अन्दाजी वर्ष २७ का रवन चौधरी,कमलामाई नगरपालिका १२ का अन्दाजी वर्ष ३१ का क्षितिज श्रेष्ठ,कमलामाई नगरपालिका ४ का अन्दाजी वर्ष २४ का सविन लामा,कमलामाई नगरपालिका १२ का अन्दाजी वर्ष २३ का डोर बहादुर सार्कीका साथै तीनपाटन गाउँपालिका ४ घरभई कमलामाई नगरपालिका ६ मा बस्ने अन्दाजी वर्ष ३० का सुजन गौतम,र तीनपाटन गाउँपालिका ११ का अन्दाजी वर्ष २५ का होम बहादुर लुङ्गेली सहित मरिण गाउँपालिका ८ घरभई कमलामाई नगरपालिका ४ मा बस्ने अन्दाजी वर्ष ३० का कमल पाख्रिन रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका १५ जना मध्य सिन्धुली जिल्ला अदालतमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने कार्यमा १३ जना,जिल्ला प्रशासन कार्यालय सिन्धुली तोडफोड,आगजनी तथा लुटपाट गर्ने कार्यमा १० जनाका साथै मालपोत कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने कार्यमा एक जना र कमलामाई नगरपालिका ५ को कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने कार्यमा तीन जना संग्लग्न रहेका पाइएको छ ।
जेन जी आन्दोलनको क्रममा सिन्धुलीका १० वटा सार्वजनिक तथा सरकारी कार्यालयहरुमा तोडफोड,आगजनी तथा लुटपाट भएको छ भने नेकपा(एमाले),नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालय,एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुली,नेपाल बार एसोसियसन सिन्धुली सहित प्रतिनिधि सभा सदस्य श्याम प्रसाद घिमिरे,लेखनाथ दाहाल(राजन), प्रदेश सभा सदस्य छत्र बहादुर बम्जन,नगर प्रमुख उपेन्द्र कुमार पोखरेल,निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्री र एमाले नेता महेन्द्रदेव श्रेष्ठको घरमा समेत तोडफोड, आगजनी तथा लुटपाट भएको पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ।नियन्त्रणमा लिइएकाहरुलाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्धा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।उनका अनुसार अरु १५ जनाको पहिचान गरी पक्राउ पुर्जी जारी गरिएको छ ।