Close This

सर्लाहीमा कोरोना संक्रमितकोसंख्या ७ सय ६२ पुग्यो, ३५ जनाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-६ गते   २२७ पटक हेरिएको

 सर्लाहीमा कोरोना संक्रमितको संख्या ७ सय ६२ पुगेको छ भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक गरेको दैनिक कोरोना अपडेटमा उल्लेख गरिएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गएको छ । जिल्लाका कोरोना संक्रमितहरुको उपचार सर्लाहीका अस्पतालहरुका साथै वीरगन्ज,काठमाण्डौँ,हेटौँडा लगायतका स्थानका असपतालहरुमा उपचार भई रहेको  छ ।  अन्यन्त्र उपचारत अवस्थामा रहेका संक्रमितहरु मध्य वीरगञ्जमा उपचारत अवस्थामा रहेका संक्रमितहरुको बढी मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

 १ हजार १ सय ६७ जनाको पिसिआर र ४ सय २३ जनाको एन्टीजेन गरी १ हजार ५ सय ९० जनाको परिक्षण गर्दा ७ सय ६२ जनमा संक्रमण देखिएको हो भने ३५ जनाको ज्यान गएको देखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक गरेको कोरोना बुलेटिनमा उल्लेख गरिएको छ । जिल्लामा कोरोना संक्रमितको उपचारका लागि ९ वटा अक्सीजन सहितका अस्पतालहरु रहेका छन् भने १ वटा आइसियु सहितको अस्पताल रहेको छ ।  जिल्लामा १ सय ४७ अक्सीजन सिलिण्डर रहेको जिल्ला  स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

यता,जिल्लाको ईश्वरपुर नगरपालिकाका नगर प्रमुखले आफूले चढ्दै आएको नगरपालिकाको सवारी साधन कोरोना भाईरस ९कोभिड १९० संक्रमित ओसापसार गर्न भन्दै एम्बुलेन्सको रूपमा प्रयोग गर्नु हुनेभएको छ ।नगरप्रमुख मनोज कुमार देवकोटाले विपतको समयमा आफूले चढ्ने गरेको ना।१ झ।१५७० नम्बरको टाटासुमो गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न लागिएको जानकारी दिनु भयो । नगरपालिकाभरि कोरोना संक्रमित संख्या बढ्दै गएको भन्दै नगर प्रमुख देवकोटाले आपतका बेला सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताउनु भयो ।

त्यस्तै नगरपालिकाभरका १ सय २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उहाँका भनाई  छ ।  कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिएसँगै ईश्वरपुरमा पनि संक्रमित संख्या बढिरहेका छन्। नगरपालिकाले पटक पटक आग्रह गरेर भीडभाड कम गर्न भने पनि स्थानीय नगरबासीले अटेर गर्दा नगरमा कोरोना संक्रमण तिब्रगतीमा फैलिएको इश्वरपुर नगरपालिका ६ बयलबास बजारमा व्यावसाय गर्दै आएका सुरेश साफीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech