कोशी प्रदेशमा तीन महिनामा छ जनाको कारागार र ब्यारेकमा मृत्यु,इन्सेकद्धारा भोजपुर कारागारको अनुगमन

400 Shares

कोशी प्रदेशका तीन जिल्लाका प्रहरी व्यारेक तथा जिल्ला कारागारहरुमा विगत तीन महिनाको अवधिमा छ जना जनाको मृत्यु भएको छ।इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा,मोरङ र सुनसरीमा रहेका कारागार र व्यारेकमा गरी छ जनाको मृत्यु भएको इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले जानकारी दिए ।

1.jpg
उनका अनुसार तीन महिनामा कोशी प्रदेशको मानव अधिकारलाई विश्लेषण गर्दा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १२ जना नागरिक विमुख भएका र प्रहरी ब्यारेक भित्र एक जना प्रहरी नायव निरिक्षकसहित राज्यको नियन्त्रणमा भएका छ जना नागरिकले यस अवधिमा ज्यान गुमाउनु परेको छ भने अन्य पक्षबाट छ जनाको हत्या गरिएको छ।यस अवधि एक जनालाई जिउँदै जलाएर हत्याको प्रयास गरिएको इन्सेक कोशी प्रदेशको अभिलेखमा उल्लेख गरिएको छ ।

2.jpg
इन्सेकको अभिलेख अनुसार २०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाको व्यारेक भित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ।जिल्ला कारागार मोरङमा तीन जना र सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका ७ का ४९ वर्षीय प्रहरी नायव निरिक्षक धनराज खतिवडाको फागुन ४ गते झुण्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका १ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

3.jpg
जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका ४ का ६७ वर्षीय अम्मर बहादुर राइको पुस २० गते,पथरी शनिश्चरे नगरपालिका ४ का जित बहादुर देवान(जेठा)को चैत १ गते र रतुवामाई नगरपालिका ५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख छ ।

4.jpg
विगत तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरूष गरी ४९ जनालाई गिरफ्तार गरेको छ।सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरूष घाइते भएका छन् ।तीन महिनाको अवधिमा कोशी प्रदेशमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकार विरूद्धका घटनामा तीन सय १६ जना गरी कूल तीन सय ७५ जना पीडित भएका इन्सेक कोशीले जनाएको छ ।

Screenshot 2025-05-07 211916.png
अन्य पक्षबाट भएका घटनामा ३० जना पुरुष घाईते,कुटपिट महिला दुई जना र पुरूष सात जना गरी नौ जना,अमानवीय व्यवहार घटनामा दुई जना पुरूष,हत्याका घटनामा दुई जना महिला र दुई जना पुरूष गरी चार जना,अपहरणका घटनामा एक जना महिला,धाक धम्कीका घटनामा एक जना पुरूष,बाल अधिकार विरूद्धका घटनामा ४१ जना र महिला अधिकार विरूद्धका घटनामा दुई सय २८ गरी कुल तीन सय १६ जना पीडित भएका छन् ।

Screenshot 2025-05-07 211909.png
इन्सेक कोशीको अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुव्र्यवहारको सिकार भएका छन् ।महिला अधिकार विरूद्धका घटनामा बलात्कार २६ जना,बलात्कार प्रयास एक जना, यौन दुव्र्यवहार एक जना,परिवारजनबाट दुईको हत्या,यौनजन्य साइवर अपराधमा एक जना र घरेलु हिंसामा एक सय ९७ जना गरी दुई सय २८ जना महिला पीडित भएका छन् ।

Screenshot 2025-05-07 211852.png
मानव अधिकारको संरक्षण एवम् सम्वद्र्धन गर्ने मुख्य दायित्व राज्यको भएकोले मानव अधिकारका सम्वन्धमा राज्य सम्वेदनशील हुनु पर्ने अभिलेख सार्वजनिक गर्दै प्रदेश संयोजक पोखरेलले बताए।उनले मानव अधिकार संरक्षण र सम्वद्र्धनका निम्ति राज्यले ठोस,प्रभावकारी र हस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्वन गर्न इन्सेकको अभिलेखले सहयोग पुग्ने समेत बताए ।

Screenshot 2025-05-07 211839.png
त्यसैगरी,इन्सेक कोशी प्रदेशले भोजपुरको कारागार र हिरासतको भौतिक अवस्था,कैदी बन्दी तथा थुनुवाहरूको मानव अधिकार अवस्था अनुगमन समेत गरेको छ ।अनुगमनका क्रममा कारागारभित्र कैदी तथा बन्दीहरूले आधारभूत मानव अधिकार बमोजिमको सुविधा पाए नपाएको,कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखेका कारण सुत्न,बस्न,खानेपानी तथा शौचालय गर्न परेको समस्या, मुद्दा फछ्र्यौटमा ढिलाई हुँदा पुर्पक्षका लागि लामो समय बस्नु परेको समस्याबारे कैदीबन्दीहरूले जानकारी गराएका छन् ।

Screenshot 2025-05-07 211831.png
बिरामी हुँदाका बखत आधारभूत स्वास्थ्य उपचार तथा परिवारका सदस्य,कानुन व्यवसायी र वैतनिक वकिलसँग भेंटघाट र कानुनी परामर्श हुन पाएको विषय लगायतका बारेमा जानकारी लिइएको इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले बताए ।कारागार तथा हिरासतहरूको सुधारको लागि नेपाल सरकारबाट विभिन्न समयमा पहलहरू भएको देखिएता पनि मुद्दा फैसला ढिला हुँदा,आवश्यक भौतिक संरचनाको निर्माण र मर्मत नहुँदा क्षमता भन्दा अत्याधिक बन्दी राख्नुपर्ने बाध्यताले बन्दीहरू आधारभूत मानव अधिकारबाट समेत वञ्चित रहनु परेको इन्सेक कोशी प्रदेश संयोजक पोखरेलले बताए ।

Screenshot 2025-05-07 211816.png
उनले मानव अधिकार मैत्री कारागार तथा हिरासत कक्षहरू निर्माण गर्न नेपाल सरकार तथा अन्य सरोकारवाला निकायहरूले सहकार्य र समन्वय गर्दै अघि बढनुपर्ने अवस्था रहेकोे बताए ।अनुगमन टोलीले जिल्लाको मानव अधिकार अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा,जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक युवराज तिम्सिना र अधिकारकर्मीसँग छुट्टाछुट्टै छलफल समेत गरेको छ ।

सम्बन्धित समाचार