सहकारीका प्रवन्धक साह बचतकर्ता र खातावालहरुकाे १७ कराेड लिएर फरार

1.3k Shares

शंखर पहाडी(गाैरब)

सर्लाहीको इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजामा रहेको नव प्रयास बचत तथा ऋण सहकारी संस्था लि.का प्रवन्धक बचत कर्ताहरु तथा खातावालाहरुको करिब रु १७ करोड लिएर फरार भएका छन् । इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा रहेको नव प्रयास बचत तथा ऋण सहकारी संस्था लि.का प्रवन्धक विजय साह बचत कर्ताहरु तथा खातावालाहरुको करिब रु १७ करोड लिएर फरार भएका स्थानीय बचतकर्ताहरु तथा खातावालाहरुको आरोप छ ।
सहकारीको बचत खातामा बचत कर्ताहरु तथा खातावालाहरुले जम्मा गरेको करिब रु १७ करोड लिएर सहकारीका प्रवन्धक साह फागुन १५ गतेदेखि नै फरार भएका बचतकर्ता राजदेव महतोको आरोप छ । उहाँका अनुसार २०६८ साल देखि सहकारीमा बचतकर्ताहरु तथा खातावालाहरुले जम्मा गरेको रकम २०७९ फागनु १५ गते लिएर प्रवन्धक साह फरार भएका  हुन ।
सहकारीका प्रवन्धक साह फरार भएपछि आफुहरुले इश्वरपुर नगरपालिकामा उजुरी दिएको कमलदेव महतोले बताउनु भयो ।‘आपत विपद् र अन्य आवश्यक परेको बखत काम लाग्छ भने र सहकारीको बचत खातामा रकम जम्मा गरेको थिएँ,अहिले सहकारीका प्रवन्धक साह सबै रकम लिएर फरार भएपछि आफुहरु बर्वाद भएको’स्थानीय बचतकर्ता विनोद साहले गुनासो गर्नुभयो । 
उहाँका अनुसार आफ्नो रु ६० लाख सहित दैनिक बचत कर्ताहरु र खातावालाहरु गरी तीन हजार सात सय जनाको करिब रु १७ करोड लिएर सरकारीका प्रवन्धक साह फरार भएका हुन ।“सहकारीमा आफुले जग्गा बेचेर बचत गरेको रकम बुढेसकालमा काम लाग्छ भन्ने सोचेको थिएँ । तर सहकारीका प्रवन्धक साहले लिएर फरार भए अब के गर्ने”बचतकर्ता सत्यनारायण चौधरीले गुनासो गर्नुभयो ।
सहकारीका प्रवन्धक साह फरार भएपछि सहकारीमा रकम जम्मा गरेका आफु सहित करिब एक सय १० जनाले बचतकर्ताहरु तथा खातावालाहरुले नगरपालिकामा उजुरी दिएको महतोको भनाई छ । उहाँका अनुसार बचतकर्ताहरुका साथै सहकारीमा खाता खोलेका एक सय १० जनाले शुक्रबार नै नगरपालिकामा उजुरी दर्ता गरेका हुन ।
२०६८ सालमा स्थापना भएको सहकारीका प्रवन्धक साहले मंसिरदेखि नै शंकास्पद गतिविधिहरु गर्न थालेका र फागुन १५ गतेदेखि सहकारीको कार्यालय बन्द गरेर फरार भएका सरकारी संस्था रहेको घरवाला वीरेन्द्र साहले बताउनुभयो । उहाँका अनुसार निक्षेपकर्ताको करिब रु १७ करोड रकम लिएर सहकारीका प्रवन्धक साह फरार भएका हुन । 
सहकारीको कार्यालय फागुन १५ गतेदेखि नै बन्द रहेको र सहकारीका प्रवन्धक साह बचत कर्ताहरुका साथै खातावालाहरुको करिब रु १७ करोड लिएर फागुन १५ गते नै भागेका हुन सक्ने स्थानीय बचतकर्ता विनोद साहले बताउनु भयो । बचतकर्ताहरु तथा खातावालाहरुलाई सहकारीका प्रवन्धक साहले लेखापरिक्षणको काम बर्दिवासमा भई रहेको र कम्प्युटर विना लेखापरिक्षण सम्भव नभएको भन्दै सहकारीको कार्यलयमा रहेका कम्प्युटरहरु धमाधम निकाल्न थालेपछि शंका लागेको अर्का बचतकर्ता रन्जीत सहनीले बताउनुभयो । उहाँले सो सहकारीमा करिब ढेडलाख कचत गरेको बताउनु भयो ।
सहकारीले आन्तरीक हर हिसाव मिलान गर्नु पर्ने भएकाले सदस्यहरुको अत्याधिक दवाव र कर्माचारीहरु माथि दुव्र्यवहार भएकाले फागुन १५ गतेदेखि १० दिनका लागि संस्था बन्द रहेको भन्दै एक सुचना समेत टाँस गरेको छ ।
सहकारीका प्रवन्धक साह बचतकर्ताहरुका साथै खातावालाहरुको करिब रु १७ करोड रकम लिएर रकम हिनामिना गरी सोही दिनदेखि फरार रहेका भन्दै इश्वरपुर नगरपालिकामा उजुरी परेको इश्वरपुर नगरपालिकाको सहकारी शाखाका संयोजक माधब किङ्रिङ मगरले बताउनु भयो । उहाँका अनुसार सहकारीका एक सय १० जना बचतकर्ताहरु तथा खातावालहरुले नगरपालिकामा आवश्यक कार्बाहीका लागि उजुरी दिएका र आवश्यक अनुसन्धान गरि दोषी ठहरिएमा इश्वरपुर नगरपालिकाको सहकारी ऐन २०७५ अनुसार कार्बाही हुने छ ।
सहकारी र सहकारीका प्रवन्धक साहको नाममा रहेको चलअचल सम्पत्ति,सहकारीमा रहेको मौज्दातबारे जानकारी लिएर र बचतकर्ता तथा खातावालाहरुको बचत सुरक्षित गर्न भन्दै बचतकर्ताहरु तथा खातावालाहरुले नगरपालिकामा उजुरी दिएका छन् ।
इश्वरपुर नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सहकारीका प्रवन्धक साहले गाउँका स्थानीयको पनि ठुलो रकम लिएर फरार भएका पाइएको स्थानीय जय प्रकाश चौधरीले बताउनुभयो । निकै चर्चामा रहेको र बचत कर्ताहरुका साथै स्थानीयको मन जित्न सफल नव प्रयास बचत तथा ऋण सहकारी संस्था लि.का प्रवन्धक साह मंसिर पछि कहिले राती ८ बजे सम्म पनि सहकारीको कार्यालयमा काम छ भन्दै बस्ने गरेका घरवाला विरेन्द्र साहले बताउनु भयो ।
सहकारीका प्रवन्धक साहले जिल्लाका विभिन्न स्थानमा आफ्नो नाममा जग्गा जमिन किनेका,बचतकर्ताहरु र खातावालाहरुले जममा गरेको रकम माग गर्दा मागे भन्न्दा कम रकम दिने गरेका,१८ प्रतिशत सम्म व्याज लिने गरेका,ऋणीहरुको धरौटी वापतको जग्गाको लालपुर्जा ऋण चुक्ता गरि सक्दा पनि नदिने बरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.हरिवनमा राखेको बाहना बनाउने गरेका लगायतका काम गरेका विरेन्द्रले बताउनु भयो ।
यता,सहकारीका प्रवन्धक साहले आफुले पनि सहकारी र आफ्नो विरुद्धमा नगरपालिकामा उजुरी परेको सुनेको तर स्थानीयका कारण आफु असुरक्षित रहेकाले कार्यालय बन्द गर्नु परेको साथै छलफलका लागि आउन नसकेको बताउनु भयो । उहाँका अनुसार सरकारीले बजारमा ऋण धेरै प्रवाह गरेको छ । देश नै आर्थिक संकटमा परेकाले प्रवाह गरेको ऋण उठाउन नसक्दा बचतकर्ताहरु तथा खातावालाहरुको रकम भुक्तानी गर्न नपाएको बताउनु भयो । 
जसका कारण स्थानीयबाट धेरै प्रकारका धम्कीहरु आउँदा आफु असुरक्षित रहेकाले बाहिर निस्केको तर सरकारीको रकम हिनामिना नगरेको सहरकारीका प्रवन्धक साहको दाबी छ । उहाँले आफुले सहकारीको रकम लिएर नहिडेका तर ज्यान जोगाउँन गाउँ छाडेको बताउनु भयो ।
इश्वरपुर नगरपालिका अन्र्तगत चौलीखा र खैरा बजारमा सेवा कार्यालय र इश्वरपुर नगरपालिका ६ बयलवास बजारमा प्रधान कार्यालय गरी तीन स्थानबाट सेवा प्रवाह गरेको सहकारीमा हाल बचतकर्ता र खातावालाहरु गरि करिब तीन हजार सात सय जना रहेका छन् भने सहकारीले करिब रु पाँच करोड ऋण लगानी गरेको जनाएको छ ।

सम्बन्धित समाचार