मकवानपुरको बकैया ५ मा बस दुर्घटना हुँदा २२ जना घाइते

238 Shares

धरान चतरा हेटौँडा सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।हेटौँडाबाट छतिवन तर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा २२ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाईते भएका २२ जना मध्य १७ जना सामान्य घाईते भएका र स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि आ आफ्नो घर गएका छन् भने घाइतेको शरीरका विभिन्न भागमा चोट लागेका पाँच जनाको सहकारी अस्पताल हेटौँडामा उपचार भइरहेको छ।३७ जना यात्रु सवार बसका चालक हेटौँडा उपमहा नगरपालिका १२ पदमपोखरीका अन्दाजी वर्ष ४५ का टीकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सम्बन्धित समाचार