सर्लाहीको वरथवाबाट लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटको कमाण्डमा खटिगएको प्रहरीको गस्ती टोलीले लागु औषध मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
बागमती बागमती नगरपालिका १० का अन्दाजी बर्ष ३६ का मो.अनासारुल हक र बागमती ७ का अन्दाजी बर्ष ३५ का मोहन लामालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय वरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भाटले जानकारी दिनु भयो ।
पक्राउ परेका हक र लामालाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।उनिहरु विरुद्ध लागु औषध ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको थियो । भने प्रतिवादी लामाको घर खानतलासी गर्दा १०० मिलिग्रामका १३ बोतल लागु औषध वालरेक्स समेत बरामद भएको प्रहरीले जनाएको छ ।