सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा करिब ४९ लाख आन्तरिक राजश्व संकलन गरेको छ ।आर्थिक वर्ष २०८०/२०८१ मा गाउँपालिकाले विभिन्न २९ वटा शिर्षकबाट रु ४८ लाख ८६ हजार सात सय रुपैँया १५ पैसा आन्तरिक राजश्व संकलन गरेको गाउँपालिकाका सूचना अधिकारी सरद प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार सम्पती कर १५ हजार दुई सय ५९ रुपैँया ५० पैसा,भूमिकर÷मालपोत ११ लाख ८९ हजार दुई सय ५३ रुर्पैँया ७४ पैसा, घर जग्गा रजिष्टेशन दस्तुर रु नौ सय,बहाल कर १० लाख २४ हजार पाँच सय ७१ रुपैँया २४ पैसा,वहाल विरौटी कर रु दुई लाख १८ हजार ७०,व्यवसायले भुक्तानी गर्ने रु एक हजार ५०,व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने रु तीन सय,कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर रु दुई हजार छ सय १०,अन्य कर रु २७ हजार छ सय ७६,कृषि उत्पादनको बिक्रिबाट रकम रु १२ हजार छ सय ९५,अन्य बिक्रिबाट प्राप्त रकम रु ३३ हजार तीन सय ९०,विद्युतिय सेवा शुल्क रु एक सय ,अन्य सेवा शुल्क तथा बिक्रि रु २३ हजार दुई सय,न्यायिक दस्तुररु ११ हजार आठ सय,शिक्षा क्षेत्रको आम्दानी रुएक हजार दुई सय ५०,परीक्षा शुल्क रु ८८ हजार ९०,अन्य प्रशासनिक सेवा शुल्क रु चार लाख ७७ हजार पाँच सय छ,नक्सा पास दस्तुर ८६ हजार छ सय ९७ रुपैँया ६४ पैसा,सिफारिस दस्तुर रु छ लाख १७ हजार नौ सय ७४,व्यक्तिगत घटना दर्ता दस्तुर रु दुई लाख २२ हजार सात सय,नाता प्रमाणित दस्तुर रु ६१ हजार ५१ र अन्य दस्तुर चार लाख ५२ हजार एक सय ९६ रुपैँया तीन पैसा आन्तरिक राजश्व संकलन भएको छ ।
त्यसैगरी,व्यवसाय रजिष्टेशन दस्तुर रु दुई लाख ९३ हजार तीन सय ६०,विद्युतिय सम्बन्धी दस्तुर रु एक सय अन्य क्षेत्रको आय रु छ हजार न्यायिक दण्ड जरिवाना र जफत रु पाँच सय,अन्य राजश्व रु छ हजार चार सय,सरकारी घर,जग्गा,गुडवील बिक्रिबाट प्राप्त रकम रु चार सय र व्यावसाय कर रु ११ हजार छ सय गरी रु ४८ लाख ८६ हजार सात सय रुपैँया १५ पैसा संकलन गरेको सूचना अधिकारी प्याकुरेलले बताए ।सो आर्थिक वर्षमा गाउँपालिकाले बेरुजु मार्फत रु छ सय ७० हजार चार सय ६८ गरी ५५ लाख ५७ हजार एक सय ६९ रुपैँया १५ पैसा संकलन गरेको हो ।
त्यस्तै,गोलन्जोर गाउँपालिकाले सरकारी सवारी साधनहरुको मर्मत सम्भार र इन्धनमा गरी रु ३५ लाख ५१ हजार ५० खर्च गरेको छ ।जसमा जनप्रतिनिधिहरुले १४ लाख ५५ हजार तीन सय १९ रुपैँया ८२ पैसा र कर्मचारीहरुले रु २१ लाख ९५ हजार सात सय ३० रुपैँया १८ पैसा एक आर्थिक वर्षमा इन्धनमा खर्च गरेका छन् ।गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा अतिथि सत्कार र खाजा खर्च मात्रै रु सात लाख आठ हजार दुई सय ३३ गाउँपालिकाको विकास बजेटबाट खर्च गरेको गोलन्जोर गाउँपालिकाका सूचना अधिकारी प्याकुरेलले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८०/२०८१ मा रु १५ लाख ६४ हजार आठ सय छ बराबरको फर्निचर तथा फिक्चर्स र रु एक लाख २६ हजार दुई बराबरको मेशिनरी तथा औजार खरिद गरेको गाउँपालिकाले जनाएको छ। सात लाख ८७ हजार छ सय दुई रुपैँयाको स्वास्थ्य सामाग्री खरिद गरेको गाउँपालिकाले १९ जना नयाँ करारका कर्मचारी नियुत्त र ७५ जना पुराना करारका कर्मचारीहरुको नियुत्ती नविकरण गरेको प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ ।
गाउँपालिकाले सो आर्थिक वर्षमा रु २९ लाख ५८ हजार एक सय ९६ बराबरको सञ्चार,विद्युत र पानी सहित मसलन्दमा खर्च गरेको छ ।सो आर्थिक वर्षमा उपभोत्ता समिति मार्फत ९३ वटा काम सम्पन्न गरेको छ भने ठूला योजना नौ वटा सञ्चालन गरेको गाउँपालिकाले विभिन्न ३५ वटा मिडियाहरु मार्फत सूचना तथा सूचना जन्य सामाग्री प्रकाशन वापत रु एक लाख ६० हजार भुत्तानी गरेको जनाएको छ । भने गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत सुुवीर बिक्रम कार्कीको नाममा रु ३५ हजार भुक्तानी गरेको तथ्यांकले देखाएको छ । कोटेशन मार्फत१२ वटा योजना सञ्चालन गरेको गाउँपालिकाले जयबाल कन्ट्रक्सन प्रा.लि सुनकोशीलाई तीन वटा योजना,प्रजोति कन्ट्रक्सन प्रा.लिलाई तीन वटा योजना र न्यू परजुना सप्लायर्सलाई दुई वटा योजना दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी सो आर्थिक वर्षमा विज्ञापन कर रु तीन लाख सात हजार नौ सय ८५ र नदिजन्य/ खानीजन्य सामग्रीको उत्खनन,भण्डारण र बिक्री वितरण(दहत्तर बहत्तर शुल्क) २१ लाख ९६ हजार सात सय ३० रुपैँया ५६ पैसा संकलन गरेको गाउँपालिकाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
गोलन्जोर गाउँपालिकाले स्वतःप्रकाशन समेत नगरेको जनाएको छ।कुनै निकाय,संस्था वा व्यक्तिले सार्वजनिक चासोका विषयहरू स्वच्छाले,नियमित रूपमा र बिना कुनै माग सूचना सार्वजनिक गर्ने प्रक्रिया भएपनि गोलन्जोर गाउँपालिकाले चालुआर्थिक वर्षको पहिलो त्रैमासिक सकिंदा मात्रै नभई विगतका दिनहरुमा पनि स्वतःप्रकाशन नगर्ने गरेको पाइएको हो ।
नेपालमा सूचना प्रविधि ऐन,२०६४ र सूचना पहुँचसम्बन्धी ऐन,२०६४ ले स्वतःप्रकाशनको प्रावधानलाई मान्यता दिएको भएपनि गाउँपालिकाबासीहरुलाई गाउँपालिकाले गरेको काम कार्बाही बुझ्न पाउँने अधिकारबाट गोलन्जोर गाउँपालिकाले बन्चित गरेको पाइएको हो ।गाउँपालिकाले गरेका कामहरु नागरिकलाई सहजै बुझ्न सक्ने बनाउनुका साथै पारदर्शिता र जवाफदेहितालाई बढावा दिनका लागि स्वतःप्रकाशन मार्फत सूचना प्रवाहलाई सहज बनाउनु पर्नेमा यस विषयमा अधिकांश स्थानीय तहहरु बेखबर देखिएका छन् ।
पारदर्शिताः सरकार,सार्वजनिक निकाय वा निजी संस्थाले आफूले गरेका काम,योजना,नीति, बजेट,खर्च र उपलब्धि जस्ता विषयहरु खुला रुपमा जानकारी दिन,नागरिकले माग नगर्दै सम्बन्धित सूचना वेबसाइट,रिपोर्ट वा अन्य माध्यमबाट उपलब्ध गराउन,सार्वजनिक महत्वका सेवाका नियमावली,निर्णय प्रक्रिया,सार्वजनिक खर्चको विवरण आदि वेबसाइट,सूचना प्यानल वा अन्य सञ्चार माध्यममा सजिलै उपलब्ध गराउन स्वतः प्रकाशन गर्नु पर्नेमा गोलन्जोर सहित देशभरका अधिकांश स्थानीय तहहरुले स्वतःप्रकाशन नगरेका पाइएको हो ।गोलन्जोर गाउँपालिकाले नेपालको सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम सूचना माग गर्दापनि स्वातःप्रकाशन नगरेको भन्दै विवरण उपलब्ध गराएको छ ।