सर्लाहीका हुलाक अधिकृत बराल र खरिदार परियार विरुद्ध अख्तियारमा उजुरी

263 Shares

जिल्ला हुलाक कार्यालय सर्लाहीका दुई जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको रहस्य बाहिरिएको छ।जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख एवम हुलाक अधिकृत डुरदेव बराल र पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार गोपिलाल परियारलाई बयानका लागि अख्तियारले बोलाएपछि उनीहरु विरुद्ध अख्तियारमा उजुरी परेको रहस्य बाहिरिएको हो ।
स्रोतका अनुसार“पालिका हुलाक कार्यालय लालबन्दीका लागि आएको ४० हजार हुलाक टिकट मध्य २५ हजार हुलाक टिकट अनियमितता गरेको,पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियारले आफुखुसी तालुक निकायको कुनै पत्राचार विनै महिनामा एक पटक एक हप्ता सम्मको हाजिरी रजिष्टरमा विदा तथा काज लेख्ने र महिनामा एक पटक मात्रै हाजिर गर्ने साथै काज लेखेको समयमा हरेक महिना एक हप्ताको टिएडिए लिइ सरकारी रकमको दुरुपयोग गरेको,पालिका हुलाक कार्यालय लालबन्दीको कार्यालय भवनको तल्लो तलाको दुई वटा सटर पाँच वर्षका लागि प्रति महिना रु १० हजारका दरले ध्रुव इन्टरप्राईजेजलाई २०८१।११।०८ मा भाडामा लगाईएको भएपनि पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियार र जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख एवम हुलाक अधिकृत बरालको मिलेमतोमा प्रति महिना रु चार हजार पाँच सयका दरले मात्रै जिल्ला हुलाक कार्यालय सर्लाहीमा जम्मा गरी प्रति महिना रु पाँच हजार पाँच सयका दरले सरकारी राजश्वमा हानी नोक्सानी पुर्याएको,जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख एवम हुलाक अधिकृत बरालले तालुक निकायको स्वीकृति र जानकारी बिनानै आफूखुसी डाँक रेखा परिवर्तन गर्दा हुलाक बस्तुको ढुवानी र वितरणमा पहिलेको भन्दा बढी समय लाग्ने गरेको,सहायक कर्मचारीले कम्प्युटर तथा पिट्स सेवा चलाउनु पर्नेमा पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियार र जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख एवम हुलाक अधिकृत बरालको मिलेमतोमा सो नगरी साथै सबै तालिम गोष्ठीहरुमा पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियार सहभागी हुने गरेका र मासिक रुपमा टिएडिए वुझी निजामती कर्मचारी सेवा ऐन तथा नियमावलीको धज्जी उँडाएको,पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियारको घर लालबन्दी नगरपालिका ६ अर्थात पालिका हुलाक कार्यालय लालबन्दीबाट करिब दुई किलो मिटरको दुरीमा रहेको भएपनि पालिका हुलाक कार्यालय लालबन्दीको भवनमा आवासीय सुविधा लिने योजना बनाई २०८१।११।०८ मा पाँच वर्षका लागि भाडामा लगाईएको कार्यालयका दुई वटा सटर विना सूचना खाली गराउन अचानक पत्राचार गरेको,पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियार र जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख एवम हुलाक अधिकृत बरालको मिलेमतोमा जिल्ला हुलाक कार्यालय सर्लाहीको भवन मर्मत सम्भार तथा रङ्ग रोगन गर्दा साथै डाँक वाहन खरिद गर्दा सार्वजनिक खरिद नियमावली विपरित गरेको,पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियार र जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख एवम हुलाक अधिकृत बरालको मिलेमतोमा डाँक ढुवानी सम्झौतामा ४ पाङ्ग्रे्रे सवारी साधनसंग सम्झौता गरी मोटरसाईकलबाट डाँक ढुवानी गरिएको साथै दैनिक डाँक ढुवानी गर्नुपर्नेमा तालुक निकायको स्वीकृति र जानकारी बिना नै आफूखुसी हप्तामा चार पटक मात्रै डाँक ढुवानी गर्ने गरिएको र पालिका हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियार पालिका हुलाक कार्यालय लालबन्दीको प्रमुख सहित जिल्ला हुलाक कार्यालय सर्लाहीको प्रशासन शाखा प्रमुख र सूचना अधिकारी समेत भई आफ्नो जिम्दारी चलाएका”उनीहरु विरुद्ध अख्तियारमा उजुरी परेपछि उनीहरुलाई बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले बोलाएको छ।

हुलाक कार्यालय लालबन्दीका प्रमुख एवम खरिदार परियारले निजामती सेवा ऐन,तत्सम्बन्धी नियमावलीसंगै निजामती कर्मचारीहरुको आचरण सम्बन्धी नियमावली लगायतका प्रचलित कानूनी व्यवस्थामा उल्लेखित प्रावधानहरुको धज्जी उदाउँदै आफु तरकारी किन्न बजार जाँदा समेत कार्यालयको मधेश प्रदेश ०३ ००१ ब ०६५३ नम्बरको कार्यालयको सरकारी मोटरसाईकल निजी जस्तै प्रयोग गर्ने गरेका समेत पाइएको छ ।

सम्बन्धित समाचार