Close This

ट्रान्सफर्म नेपालद्धारा प्रास्वाके लालबन्दीलाई करिब साढेतीन लाखको स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१७ गते   २६९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।
ट्रान्सफर्म नेपाल नामक संस्थाले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई अक्सिजन सिलिन्डर ५थान,पि.पि.ई.सेट ५० वटा,एन ९५ मास्क एक हजार वटा,ग्लोव्स एक हजार वटा, फेस सिल्ड ५० वटा र डिसईन्फेक्ट पम्प २ वटा गरी रु ३ लाख २७ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको  संस्थाका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीले बताउनुभयो ।
लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का,लालबन्दी नगर स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडा र  प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.प्रगती रानालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अध्यक्ष बलम्पाकीले बताउनु भयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका फ्रण्ट लाईनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई केही राहत पुगोस भनेर आफुहरुले थोरै भएपनि स्वास्थ्य सामाग्री सहयोग गरेको अध्यक्ष बलम्पाकीले बताउनु भयो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै नगर प्रमुख खड्काले सहयोगी संस्थालाई धन्यवाद दिनुभयो । उहाँले लालबन्दी नगरपालिकामा कोरोना भाईरस भयावह हुन नदिन सबै तहर तप्काको साथ पाइ रहेको बताउनुभयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख खड्का,नगर स्वास्थ्य शाखा सह संयोजक खतिवडा,वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने,वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल घिमिरे, उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी लगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech