माओवादी केन्द्र इश्वरपुरद्धारा नगर प्रमुख सहित ९ वटा वडाका उम्मेदवार सर्व सहमत चयन

2.9k Shares

नेकपा(माओवादी केन्द्र) इश्वरपुर नगर कमिटिले इश्वरपुर नगरपालिकामा नगर प्रमुख सहित  ९ वटा वडामा उम्मेदवारहरु सर्व सहमत चयन गरेको छ । आन्तरीक रुपमा वृहत छलफल गरि नगर कमिटिले १५ वटा वडाहरु मध्य ९ वटा वडामा उम्मेदवार सर्वसहमत रुपमा चयन गरिएको माओवादी केन्द्र इश्वरपुर नगर कमिटि अध्यक्ष नरेश महतोले जानकारी दिनु भयो । उहाँका अनुसार नगर प्रमुख पदका लागि डा.जय प्रकाश चौधरी,वडा नम्बर २ मा मोदनाथ आर्चाय(मणी),वडा नम्बर ३ मा यादव प्रसाद मैनाली,वडा नम्बर ४ मा सुनिल मोक्तान,वडा नम्बर ७ मा विन्दु साह,वडा नम्बर ९ मा हरि नारायण साह,वडा नम्बर १२ मा सुभाष खड्का,वडा नम्बर १३ मा राजदेव महतो,वडा नम्बर १४  मा सित कुमार महतो र वडा नम्बर १५ मा राजदेव चौधरीको नाम सर्व सहमता चयन गरिएको हो ।
बाँकी रहेका वडाहरुमा आकांक्षिहरुसंग छलफल चलि रहेको र चाँडै नै टुंङ्ग्याउने माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका सदस्य विक्रम आर्चायले जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी रहेका वडाहरुमा २÷३ जना आकांक्षिहरु रहेका कारण छलफल चलि रहेको छ ।
त्यसैगरी इश्वरपुर नगर कमिटिले नगर उप प्रमुखको उम्मेदवार चयन गर्नका लागि आन्तरीक रुपमा छलफल चलाई रहेको छ ।  विभिन्न पार्टीहरुसंग गठबन्धनको पनि छलफल चलि रहेकाले उप प्रमुख पदका लागि उम्मेदवार चयन गर्न समय लाग्ने माओवादी केन्द्र इश्वरपुर नगर कमिटिका सचिव हरि नारायण साहले बताउनु भयो ।  इश्वरपुर नगर प्रमुख र उप प्रमुख सहित १५ वटै वडाहरुमा जित्ने तयारीका साथ उम्मेदवारको टुंङ्गो लगाउने माओवादी केन्द्र इश्वरपुर नगर कमिटिले जनाएको छ ।

सम्बन्धित समाचार