प्रहरी सहायक निरिक्षक भट्टराईलाई दरबन्दी जान किन समस्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-४ गते   ११६२ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा प्रहरी सहायक निरिक्षक ठाकुर भट्टराईकोे दादागिरी जारी रहेको छ । जिल्लामा एक जना वरिष्ठ प्रहरी नायव निरिक्षक र एक जना प्रहरी नायव निरिक्षक रहेका भएपनि प्रहरी सहायक निरिक्षक भट्टराईको  दादागिरी  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा निरन्तर देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा प्रमुख प्रहरी निरिक्षक रहेपनि प्रहरी सहायक निरिक्षक भट्टराईले आफु ट्राफिक प्रहरीप्रमुख नैभए झैँ गरि आफ्नो अड्डा जमाएका छन् । पहिला रामेछाप घर भएका प्रहरी सहायक निरिक्षक भट्टराईको अहिले सर्लाहीको लालबन्दी नगरपालिका ५ मा घर रहेपनि बसाई सराई विभागमा पेश नगरेका कारण उनि पटक पटक सर्लाही नै बस्दै आएका छन् । भने जिल्लामा एउटाको कुरा अर्कालाई लगाउने र प्रमुखको बाहिरी तथा भित्री बस्त्र समेत धुन तयार हुने तथा जुक्तामा पालिस समेत लगाउन तयार हुने प्रहरी सहायक निरिक्षक भट्टराईको दरबन्दी नेपाल प्रहरीमा रहेपनि ट्राफिक प्रहरीमा रहि घर पाएकमा बसेर  सबै प्रकारका हर्कत गर्ने उनको नयाँ स्वभाव होईन ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशको प्रशासन शाखामा रहेका प्रहरी नायव निरिक्षक सुरेन्द्र कोईराला र ट्राफिक प्रहरी कार्यालय जितपुरमा रहेका प्रहरी सहायक निरिक्षक दिपक बस्नेतलाई समेत बद्नाम गराउँदै प्रहरी सहायक निरिक्षक भट्टराई पटक पटक घर पायक बस्दै आएका छन् । 
प्रहरी सहायक निरिक्षक भट्टराईले जिल्ला ट्राफिक  प्रहरी कार्यालय सर्लाहीमा बसेर सर्लाहीको नयाँरोड स्थित काँटा,बागमती स्थित कर्मैया र फुलजोर पोष्टमा आफ्ना मान्छे खटाउने र कमिसन समेत असुल्ने गरेका एक ट्राफिक प्रहरी अधिकारीले बताए । उनले भने सिपाही बहल्दारलाई अनावश्यक दुःख दिन प्रहरी सहायक निरिक्षक भट्टराईले एउटा कर्माचारीको कुरा अर्कालाई लगाउने  पुरानो स्वभाव भएका उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीको नाममा समेत कमिसन असुल्ने गरेका स्रोतको दाबी छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा हालीमुहाली गरि रहेका प्रहरी सहायक निरिक्षक भट्टराईले यस अघिपनि गजुरमुखी निर्माण सेवा प्रा.लिबाट मासिक रु ५ हजार कमिसन असुल्ने गरेका गजुरमुखी निर्माण सेवा प्रा.लिका कर्माचारी सुमन पौडेल आफैँले बताएकाथिए ।उनका अनुसार प्रहरी सहायक निरिक्षक भट्टराईले जिल्लाका अटो रिक्सा,मयुरी,म्याजिक तथा ट्याक्टर र टिपरहरुसंग समेत कमिसन असुल्ने गरेका थिए ।
बोल्दा रुन्चे स्वारमा बोल्ने प्रहरी सहायक निरिक्षक भट्टराईले जिल्लाका यातायात व्यावसायीहरु लगायतसंग महीनावारी असुल्ने गरेका छन् । प्रहरी सहायक निरिक्षक भट्टराईले जिल्लाका अटो व्यावसायीहरुबाट मासिक रु ४ हजार,मयुरी व्यावसायीहरुबाट मासिक रु ३ हजार ५ सय र म्याजिक तथा माइक्रोहरुबाट मासिक रु १० हजार सम्म असुल्ने गरेका एक यातायात व्यावसायीले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
सर्लाही नै घर भइ विगत लामो समयदेखि जिल्लामै रहँदै आएका प्रहरी सहायक निरिक्षक भट्टराईले ट्याक्टर लगायत मालवाहक सवारी साधनहरुबाट समेत महिनाबारी असुल्ने गरेका छन् । प्रहरी सहायक निरिक्षक भट्टराईले दुर्घटना भएका सवारी साधनहरुलाई मिलाइ दिने बाहनामा,मालबाहक सवारी साधनहरुलाई लाईन मिलाइ दिने बाहनामा,बिल बुक हराएका सवारी साधनहरुको सिफारिस दिने बहनामा माहिनावारी असुल्ने गरेका एक ट्राफिक प्रहरी अधिकारी नै बताउँछन् ।
यस अघिका प्रहरी निरिक्षक सुर्यनारायण यादवका विश्वास पात्रको रुपमा रहेका प्रहरी सहायक निरिक्षक भट्टराईले अहिले पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीको विश्वास पात्रको रुपमा रहेर बसेका छन् । जिल्लामा बरिष्ठ प्रहरी नायव निरिक्षक कमल नेपाली र प्रहरी नायव निरिक्षक सुरेश यादव रहेका भएपनि प्रहरी सहायक निरिक्षक भट्टराईले दोस्रो व्यक्तिको रुपमा उनिहरुलाई पनि डिउटी खटाउने सम्मका हर्कत गरेका पाइएको छ ।
प्रहरी सहायक निरिक्षक भट्टराईले असुल्ने कमिसनका बारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिएमा आवश्यक कार्बाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख निरिक्षक प्रहरी निरिक्षक कार्कीले बताए । विचमा प्रहरी निरिक्षक कोदारमान दोङ्ग आएपछि सर्लाही छाडेका प्रहरी सहायक निरिक्षक भट्टराई अहिले फेरी सर्लाहीमा आएर खुरापाती मात्र गरेका छैनन् । उनले भनेका काम नगर्ने ट्राफिक प्रहरी कर्माचारीहरुलाई अनावश्यक दुःख समेत दिनेगरेका पाइएको छ ।
एक जना प्रहरी बरिष्ठ नायव निरिक्षक र एक जना प्रहरी नायव निरिक्षकलाई जिल्लाका पोष्टहरुमा खटाएर आफु दोस्रो व्यक्तिको रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा बसेका प्रहरी सहायक निरिक्षक भट्टराईको विषयमा स्थानिय यातायात व्यावसायीहरुले पटक पटक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशलाई जानकारी गराएका भएपनि व्याजी तथा चिनजान र प्रभावमा पारी प्रहरी सहायक निरिक्षक भट्टराई सर्लाही मै बस्दै आएका छन् । 
प्रहरी सहायक निरिक्षक भट्टराईलाई राज्यको सेवा सुविधा खाएपछि तपाईलाई दरबन्दी जान किन समस्या ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा उनले“आफु दरबन्दी जानुपरे जागीर छाड्ने र त्यसपछि नराम्रो हुने”भन्दै पत्रकारलाई नै धम्की समेत लगाएका छन् ।
प्रहरी सहायक निरिक्षक भट्टराईलाई यतिका कुरा गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेशको प्रशासन शाखाका प्रमुख प्रहरी नायव निरिक्षक कोईराला र ट्राफिक प्रहरी पोष्ट जितपुरका प्रमुख प्रहरी सहायक निरिक्षक बस्नेतलाई समेत बद्नाम गराउने गरेका ट्राफिक प्रहरी कर्माचारी नै बताउँछन् ।
“नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैयाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङको कार्यशैली माथी आशंका,असई र सईलाई आश्रय,तल्लो दर्जालाई तनाव”भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछि प्रहरी सहायक निरिक्षक भट्टराईले विभिन्न स्थानबाट फोन लगाएका छन् ।उनले धेरै जनालाई फोन गरि सम्झाई दिन भनेपछि पटक पटक फोन आएको छ ।
जताततैबाट महिनावारी असुल्न पल्केका प्रहरी सहायक निरिक्षक भट्टराईको विषयमा धेरै गुनासाहरु नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैयामा गएका भएपनि त्यहाँबाट कुनै प्रकारको विभागीय अप्रेसन नभएको पाइएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैयाबाट कुनै न कुनै रुपमा साथ पाएपछि आफुलाई कमिसन बढी हुने स्थानमा पठाउने र कमिसन कम दिनेलाई कम कमाइ हुने स्थानमा पठाउने काममा सकेत प्रहरी सहायक निरिक्षक भट्टरार्ई अब्बल देखिएका छन् ।
प्रहरी सहायक निरिक्षक भट्टराईलाई आफु जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रमुख भए झैँ गरि जिल्ला भित्रका सबै युनिटहरुको सरुवा गर्ने काम देखि कमिसन असुल्ने सम्मको काम गरेको प्रहरी अधिकारीले नै बताएका छन् । सो विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैयालाइ जानकारी  नभएको पनि होइन तर उनलाइ अन्यन्त्र पठाउने विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेश प्रदेश पथलैया मौन देखिदा त्यहाँपनि आशंका गर्ने अवस्था छ । प्रहरी सहायक निरिक्षक भट्टराईले फुलाजोर पोष्टमा रहेका प्रहरी वरिष्ठ नायव निरिक्षक कमल नेपाली,प्रहरी सहायक हबल्दार हिरालाल दास र नयाँ रोड स्थित काँटामा रहेको प्रहरी सहायक निरिक्षक श्रीराम खतिवडालाई समेत आश्रय दिएका छन् ।हामी निरन्तर समाचारमा छौँ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech