सिन्धुलीमा एक सय २७ वटा मानव अधिकार उल्लंघनका घटना घटेका छन्। मानव अधिकार संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक) जिल्ला शाखा सिन्धुलीले सन् २०२५ मा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तकमा उल्लेख गरे अनुसार सिन्धुलीमा सन् २०२३ मा एक सय ११ वटा मानव अधिकार उल्लघनका घटना घटेका हुन ।सन् २०२४ मा एक सय २७ वटा घटना घटेका इन्सेकका जिल्ला प्रतिनिधि नविन अधिकारीले जानकारी दिए ।
उनका अनुसार विभिन्न १० वटा शीर्षकमा मानव अधिकार उल्लंघनका घटनाको अभिलेखीकरण गरिएको छ।जसअनुसार जिल्लामा सबैभन्दा वढी ८४ वटा घरेलु हिंसाका घटना,१८ वटा बलात्कारका घटनामा १३ जना बालिका,पाँच जना महिला,दुुई जना माथि बलात्कार प्रयासका घटना र छ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, तीन वटा हत्याका घटना,चार वटा बेचविखनका घटना,एउटा बालयौन दुव्र्यवहार, छ वटा बहुविवाह,एक वालविवाह र एक विद्यालयमा दिईने शारीरिक सजाय गरि कुल एक सय २७ वटा मानव अधिकार उल्लंघनका घटना भएको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ ।सन् २०२३ मा सबैभन्दा बढी घरेलु हिंसाका ६४ वटा,बलात्कारका ३१ वटा,कुटपिटका आठ वटा,कारागारमा मृत्यु एउटा, हत्या दुई वटा,बालविवाहका एउटा,यौन दुव्र्यवहार तीन वटा र बोक्सिको आरोपका एउटा वटा घटना अभिलेखिकरणमा रहेको छ ।