अबैध नदी दोहन गर्ने सवारी सासधनहरु सहित २ जना प्रहरीको नियन्त्रणमा

398 Shares

सर्लाही र रौतहटको सिमानामा रहेको बागमती नदीमा अबैध उत्खनन गरिरहेको अवस्थामा एक एस्काभेटर,तीन वटा टिपर र दुई जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरहथवा नगरपालिका र बागमती नगरपालिकाको सिमाना स्थित पर्ने बागमती नदीमा अबैध तरिकाबाट एस्काभेटर लगायर नदी उत्खनन गरिरहेको अवस्थामा तिनवटा टिपर र दुईजना मानिस सहित एस्काभेटर ईलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको जनाएको छ ।
अबैध नदी दोहनगरी ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त प्रहरी टोलीले नम्बर प्लेट खुल्न नसकेको एक एस्काभेटर र मधेस प्रदेश ०३–००१ क २४१४, मधेस प्रदेश ०३–००१ क २६०२ र प्रदेश २ –०३–००१ क १३१८ नम्बरका तीन वटा टिपरसहित २ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
टिपर,चालक र एस्काभेटरलाई इलाका प्रहरी कार्यालय बरहथवमा राखिएको छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले दोहनको बिषयमा आफूलाई नै फोन आएको र सूचना आएलगत्तै प्रहरी परिचालन गरेर समात्न लगाएको बताए । उनले नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक कार्यवाहीको लागि जिल्ला समन्वय समिति सर्लाहीको जिम्मा लगाइएको बताए ।

सम्बन्धित समाचार