मधेशका ट्राफिक प्रमुख सिलवालमाथि छानबिन सुरु,

382 Shares

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक राजकुमार सिलवालमाथि छानविन सुरु भएको छ।भार वाहन क्षमता भन्दा बढी भार वाहन गरेका भारतीय ट्रकलाई कमिसन असुलेर निर्वाध रुपमा सञ्चालन गर्न दिएको विषयमा नेपाली ट्रक व्यवसायी तथा चालकहरुले आपत्ती जनाएपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
नेपाली ट्रक व्यवसायी तथा चालकहरुले भारवाहन क्षमता भन्दा भार वाहन गर्ने ५२ वटा भारतीय ट्रक नियन्त्रणमा लिएर कारवाहीको माग गरेपछि ट्राफिक प्रहरी उपरिक्षक सिलवाल माथि अनुसन्धान सुरु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशले पाँच महिनायता पुर्व पश्चीम राजमार्गमा भारवाहन क्षमता भन्दा बढी भारवाहन गर्ने भारतीय ट्रकमाथि कारवाही गर्न छाडेपछि बारा–पर्सा औद्योगिक करिडोर तथा वीरगन्ज भन्सारबाट नेपाली ट्रकले काम पाउन छाडेको भन्दै व्यवसायी र चालकले कारवाहीको माग गरेका थिए ।
नेपाली मालवाहक ट्रकले ३५ टनसम्म भार वाहन गर्न पाउने कानुनी व्यवस्था रहे पनि सोही प्रकृतिका भारतीय ट्रकले ट्राफिक प्रहरीको सेटिङमा ७० टनसम्म भारवाहन गर्ने गरेको पाइएको तराई यातायात व्यवसायी संघ सिमराले जनाएको छ।ट्रक व्यवसायी तथा चालकहरुले ५२ वटा ओभरलोड ट्रकले ८० टनसम्म अलकत्र,मार्बल,प्लेट तथा कच्चा पदार्थ बोकेको पाइएको यातायात व्यवसायीहरुको भनाई छ।“ट्राफिक प्रहरीको सेटिङमा ओभरलोडका भारतीय गाडी निर्वाध चलेपछि ट्रक र चालक दुवै बेरोजगार हुन थालेकाले अभियानकै रुपमा ओभरलोडका गाडी रोक्न थालेका छौं।कारवाही नभएसम्म ओभर लोडका भारतीय गाडी रोक्छौं ।”नेपाली यातायात व्यावसायीहरुको भर्ना छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशले भारतीय ट्रकलाई बेवास्ता गरेको छ भने इलाका प्रहरी कार्यालय सिमराले यातायात व्यवस्था ऐन अनुसार कारवाही गर्न यातायात व्यवस्था कार्यालय वीरगन्ज पठाउने गरेको छ ।बारा–पर्सा औद्योगिक करिडोर तथा वीरगन्ज भन्सारबाट दैनिक नेपालका विभिन्न शहरमा जाने मालसामान करिब दुई हजार ट्रकमा लोड हुने गरेको छ ।
ओभरलोडकै कारण विवादित बनेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरीक्षक सिलवाल विरुद्ध मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा ३५ वटा उजुरी परेपछि वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान सुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरीक्षक सिलवाललाई भदौ १० गतेसम्ममा लिखित जवाफ पेश गर्न भनिएको छ ।
गत आर्थिक वर्षमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशले तीन हजार तीन सय ५५ ओभरलोडका मालवाहक सवारीलाई कारवाही गरेको थियो ।अघिल्लो आर्थिक वर्ष चार हजार आठ सय ९२ ओभरलोडका ट्रक कारवाहीमा परेका थिए।ओभरलोड बढे पनि गत आर्थिक वर्षमा एक हजार पाच सय ७२ वटा कारवाही घटेको छ ।
पाँच महिनाअघि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशकोे प्रमुखको रुपमा पथलैया आएका प्रहरी उपरीक्षक सिलवालले चालु आर्थिक वर्षमा एक सय तीन वटा ओभरलोडका सवारीलाई कारवाही तथा जरिवाना गरेका छन् । गत साउन ११ गते नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले सातै प्रदेशका प्रहरी कार्यालयलाई मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४ अनुसार ओभरलोडलाई जरिवाना गरी मालसामान पल्टी गरी भार मिलान गरी छाड्न निर्देशन दिएको थियो।तर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक सिलवालले चर्काे कमिसन असुलेर कार्बाही संख्या घटाएका प्रहरी कर्मचारीहरुको आरोप छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी प्रमुख रहँदा पनि प्रहरी उपरिक्षक सिलवालले चर्काे कमिसन असुली चलाएका प्रहरी कर्मचारीहरु नै बताउँछन् ।

सम्बन्धित समाचार