Close This

आर्थिक चलखेलमा परेर छाडिएका तीनवटा ट्रकले भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहको निदहराम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-६ गते   ५५३ पटक हेरिएको

शंखर पहाडी(गौरब)

सर्लाहीको विभिन्न स्थानबाट गत भदौ २९ र  असोज ७ गते भन्सार छलीको चिनी सहित नियन्त्रणमा लिएका तीनवटा ट्रक कार्तिक १७ गते छाडिएपछि जिल्ला भन्सार कार्यालय सर्लाहीको नियतमा खोट देखिएको छ । जिल्लाका विभिन्न स्थानबाट गत भदौ २९ र  असोज ७ गते भन्सार छलीको चिनी सहित प्रहरीले नियन्त्रणमा लिएका तीनवटा ट्रक कार्तिक १७ गते जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक चलखेल गरि छाडेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याँउदै गरेको अवस्थामा तीनवटा ट्रक र एक हजार चार सय ६० बोरा चिनी बरामद् गरि जिल्ला भन्सार कार्यालय सर्लाहीलाई गत भदौ २९ र  असोज ७ गते बुझाएको थियो ।
ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले गत भदौ २९ गते हरिवन नगरपालिका ९ स्थित नयाँ रोडबाट दुई वटा ट्रक र नौ सय ८० बोरा भन्सार छलीको चिनी नियन्त्रणमा लिएको थियो । त्यसको करिब एक हप्ता पछि असोज ७ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बसबरिया गाउँपालिका ३ बाट पनि चार सय ८० बोरा भन्सार छलीको चिनी सहित एउटा ट्रक नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमा बुझाएको थियो ।
प्रहरीले बरामद् गरेको चिनी र ट्रक जिल्ला भन्सार कार्यालय सर्लाही बुझाएको भएपनि जिल्ला भन्सार कार्यालय सर्लाहीका प्रमुख दिपेन्द्र कुमार झार भन्सार कार्यालयकाअनुसन्धान अधिकृत नरेश साहले आर्थिक चलखेल गरि तीन वटै ट्रक र नौ सय ८० बोरा चिनी छाडेका थिए । ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले नियन्त्रणमा लिएको ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका दुई वटा ट्रकको रु दुई करोड ६० लाख र नौ सय ८० बोरा चिनीको अन्दाजी मूल्य रु ६८ लाख ६० हजार गरि रु दुई करोड २८ लाख ६० हजार र जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी नायव उपरिक्षक श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकको रु ३० लाख र चार सय ८० बोरा चिनीको करिब रु १४ लाख ४० हजार मुल्याङ्कन गरि तीनवटा ट्रकको रु एक करोड ९० लाख र एक हजार चार सय ६० बोरा चिनीको अन्दाजी रु ८३ लाख गरि कुल रु दुई करोड ७३ लाख मुल्यांकन गरि प्रहरीले भन्सार बुझाएको थियो ।


तर जिल्ला भन्सार कार्यालय सर्लाहीका प्रमुख झा र अनुसन्धान अधिकृत साहले तीन वटै ट्रक र नौ सय ८० बोरा चिनी आर्थिक चलखेल गरि छाडि दिएका थिए भने मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रक सहित बरामद् भएको चार सय ८० बोरा चिनी जिल्ला भन्सार कार्यालय मै राखेर लिलामी गरेका थिए ।
बलरा नाकाबाट नेपाल भित्रिएका तीन वटै ट्रकका मालिकहरुसँग भन्सार कार्यालय प्रमुख झा र कार्यालयका अनुसन्धान अधिकृत साहले आर्थिक चलखेल गरि एह हजार चार सय ६० बोरा मध्ये नौ सय ८० बोरा चिनी र ना ७ ख ६१४५,प्रदेश २–०३–००१ ख ६५८५ र मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरका तीन वटा ट्रक भन्सार लिलामी नगरी भन्सार प्रमुख झा र अनुसन्धान अधिकृत साहले आर्थिक चलखेल गरि छाडेका भन्सार कार्यालय सर्लाही स्रोतले जनाएको छ ।
त्यस्तै चार सय ८० बोरा चिनी चाहि लिलामी गर्नु पर्ने तर नौ सय ८० बोरा चिनीलिलाम गर्नु नपर्ने किन ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा भन्सार अधिकृत झाले आफुले  भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार छाडिएको बताए । उनले अनुसन्धान अधिकृत साहले भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार छाड्न मिल्ने भनेपछि आफुले आवश्यक परेकोखण्डमा उपलब्ध गराउने गरि छाडेको बताए ।उनले आफुले जान अन्जानमा कुनै गल्ती नगरेको दाबी गरे ।उनले नेपाली नम्बर प्लेटका ट्रक भएकाले लिलामी गर्न नमिल्ने र चिनी पनि जसको थियो उसैले सकारेर लगेको बताए । 
भन्सार विभागको ताकेता
प्रहरी टोलीले भन्सार छलीको चिनी सहित नियन्त्रणमा लिएको तीन वटा ट्रक जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक चलखेल गरेर छाडेको केही महिनापछि पुनः खोजतलास सुरु गरेको छ । कार्तिक १७ गते छाडिएका तीनवटा ट्रकहरुलाई नियन्त्रणमा लिन भन्सार विभागले पत्राचार गरेपछि अहिले भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहले ट्रक कार्यालयमा ल्याइदिन भन्दै सम्बन्धीत ट्रकका मालिकहरुलाई मानसिक तनाव दिन थालेका पाइएको छ ।
पहिला आर्थिक चलखेलमा परेर खुसुस्क ट्रक छाडेका भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहलाई विभागले स्पष्टिकरण माग गरी छाडिएका ट्रकहरु नियन्त्रणमा लिन ताकेता गरेपछि उनिहरुको निद हराम भएको छ ।
प्रक्रिया पुरा नगरी आर्थिक चलखेलबाट छाडिएका तीन वटै ट्रकको विषयमा भन्सार विभागका तत्कालीन महा प्रवन्धक कमल भट्टराई र वर्तमान महा प्रवन्धक चक्र बहादुर बुढालाई गोप्य स्रोतले जानकारी गराएपछि विभागले भन्सार अधिकृत झा र अनुसनधान अधिकृत साहलाई पटक पटक स्पष्टिकरण सोधेको छ भने छाडिएका तीनवटै ट्रक नियन्त्रणमा लिन निर्देशन दिएको छ । तर भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साह ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका दुई वटा ट्रक नियन्त्रणमा नलिने र मधेश प्रदेश ०३–००१ ख ७५८८ मात्रै ट्रक नियन्त्रणमा लिने तयारीमा लागेको भन्सार कार्यालय सर्लाही स्रोतले जनाएको छ ।
ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका दुई वटा ट्रकका मालिकले उनिहरुलाई पटक पटक भेटी आफ्नो ट्रक नसमाती दिन बरु त्यसवापत आफुले के गर्नुपर्छ गर्न तयार रहेको भनेका कारण मधेश प्रदेश ०३–००१ ख ७५८८ मात्रै ट्रक नियन्त्रणमा लिने तयारीमा लागेको गोप्य स्रोतले जनाएको छ ।
भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार आफुहरुले ट्रक छाडेको र त्योनियमसंगत रहेको दाबी गरेका भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहलाई सोही ऐन अनुसार फेरी ट्रक नियन्त्रणमा लिनु पर्दा निकै सकस भएको पाइएको छ । पहिला आर्थिक प्रलोभनमा परेर भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार भन्दै अवैधानिक रुपमा छाडिएका ट्रकले भन्सार अधिकृत झा र अनुसन्धान अधिकृत साहको अहिले निदहराम गरेको छ ।
यता मधेश प्रदेश ०३–००१ ख ७५८८ ट्रकका मालिक आफ्नो ट्रक नियन्त्रणमा लिन पटक पटक भन्सार कार्यालय सर्लाहीबाट फोन आएको र भन्सार कार्यालय बुझाउन नआए पत्रकाटेर समात्ने धम्कीको सिकार भएका छन् । उनले आफ्नो ट्रक पहिला कसरी छुटेको छ । भन्ने सबै प्रमाणहरु आफुसंग रहेको र फेरी आफ्नो ट्रक भन्सार बुझाउनु परेमा तत्कालीन प्रहर िनायव उपरिक्षक श्रेष्ठ,प्रहरी उपरिक्षक प्रविण पोख्रेल,शसस्त्र प्रहरीका अधिकारीहरुका साथै भन्सार अधिकृत झा,अनुसन्धान अधिकृत साह सहितको पर्दाफाँस गर्ने कमलामाई मिडिया प्रा.लिलाई बताए ।उनले के हिजो यहाँ रहेका प्रहरीहरु अहिले सरुवा भएर अन्यन्त्र गएका भएपनि उनिहरुले गरेको कर्तुत सार्वजनिक भए कार्बाही हुन्न र ? भन्दै कमलामाई मिडिया प्रा.लिलाई नै प्रश्न गरे ।
ति तीन वटै ट्रकलाई आर्थिक चलखेलमा परेर नछाड्ने अडान लिएका तत्कालीन भन्सार अधिकृत मुरारी काफ्लेको तीनै ट्रक र चिनी काण्डलाई बाहना बनाउँदै विभागले समयावधि नै नपुगि सरुवा गरेको थियो । भने भन्सार अधिकृत झालाई रातारात सर्लाही पठाएको थियो ।
यता,भन्सार अधिकृत झाका अनुसार जिल्ला भन्सार कार्यालय सर्लाहीका अनुसन्धान अधिकृत  साहले भन्सार विभागको कुन कार्यविधि,नियमावली र ऐन अनुसार ट्रक छाडे भन्ने सोध्न आग्रह गरे ।आफुलाई रणभुल्लमा पारेर अनुसन्धान अधिकृत साहले भन्सार कार्यालयको बदनाम गराए भन्सार अधिकृत झाले बताए । तर कार्यालय प्रमुख झा र अनुसन्धान अधिकृत साहको मिलेमतो विन कुनै कार्य सम्भव नहुने भन्सार स्रोतको भनाइ छ । भने अहिले ती ट्रक र चिनीको विषयमा विभागबाट आएको ताकेता नलेखिदिन भन्दै भन्सार अधिकृत झा,अनुसन्धान अधिकृत साहले कमलामाई मिडिया प्रा.लिलाई विभिन्न राजनितिक दलका नेता तथा अन्य मानिसहरुबाट दैनिक दवाव दिन व्यस्त देखिएका छन् । आफ्नो जागरि धरापमा परेको भन्दै उनिहरुलेविभिन्न राजनितिक दलका नेता तथा स्थानीय भद्र भलाद्मीहरुबाट कमलामाई मिडिया प्रा.लिलाई दवाव सृजना गरेर आफुहरु उन्मुक्ती पाउन प्रयास गरि रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech