अख्तियार समेत बागमतीको विकासमा बाधक भएको स्थानीयको भनाई,माओवादी केन्द्रको ध्यानाकर्षण विज्ञप्ती

524 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख र नगर उप प्रमुख सहित छ जना माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्धा दाहेर गरेको प्रति नेकपा(माओवादी केन्द्र)बागमती नगर कमिटिले गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।
“हाम्रो गौरवशाली पार्टी नेकपा(माओवादी केन्द्र) वाट निर्वाचित हुनु भएको मधेश प्रदेश सर्लाहीको बागमती नगरपालिकाका जननिर्वाचित नगर प्रमुख भरत कुमार थापा र नगर उपप्रमुख लिला कुमारी मोक्तान लगायत छ जना माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरिएको प्रति हाम्रो नगर पार्टीको गंभिरध्यानाकर्षण भएको छ।बागमती नगरपालिका ४ र १२ मा रहेको कुनै पनि प्रयोजनमा नरहेको वागमती नदीको नदी उकास जग्गामा बागमती माछा पोखरी निर्माण गरी पर्यटकिय स्थल बनाई नगरको आन्तरिक आय श्रोत वृद्धि गरी स्वरोजगार तथा आत्मानिर्भर पालिका बनाउने अभियान अन्र्तगत निर्माणाधिन माछा पोखरी (भरत ताल) प्रति विपक्षहरुले अनरगल प्रचार प्रसार गरी आम जनमानसलाई वदनियतपूर्ण तरिकाले भ्रमित पार्ने उद्देश्यले गरेका आरोप पत्र निराधार,मित्थ्या र कपोकल्पीत रहेको आम जनमानसमा यो विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौं ।”नेकपा(माओवादी केन्द्र) बागमती नगर कमिटिका अध्यक्ष चित्र बहादुर तुम्सिङ(कुमार)ले आईतबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तीमा आरोप पत्र निराधार रहेका विभिन्न पाँच वटा बुँदामा प्रमाणहरु समेत समावेश गरिएको छ ।आयोजना संचालन रहेको जमिन बागमती नदीको नदी उकास जमिन बुढि बागमती रहेको र सो नदी उकास जमिनको संरक्षण,सम्वर्द्धन तथा उपयोग गर्ने अधिकार स्थानीय सरकारमा रहेको,ईम्पेरिंग ईन्जिनियरिङले तयार गरेको डि.पि.आर.स्वीकृत गरी ई. जि.पी.प्रणालीबाट बोलपत्र आव्हान गरि निर्माण कार्य संचालन गरिएको,बागमती नगरपालिका नगर कार्यपालिकाको कार्यालयले मिति २०७६ असार १० गते नदीजन्य पदार्थको व्यवस्थापन कार्ययोजना,विक्रि कार्य योजना र वजेट व्यवस्थापन सम्बन्धी निर्णय तथा स्वीकृत गरिएको, जिल्ला समन्वय समिति सर्लाहीबाट आइ.ई.ई.स्वीकृत भएको र सो आइ.ई.ई.स्वीकृत गर्न सम्बन्धित सरोकारवाला निकाय र सागरनाथ वन विकास परियोजनाको समेत प्रतिनिधित्व रहेको, र  त्खनन् गरिएको नदी जन्य पदार्थ (ढुंगा,बालुवा,ग्राभल र माटो) को परिमाणको सम्बन्धमा बागमती नगरपालिकाको प्राविधिक र कन्सल्टेन्सीका विज्ञहरुले उच्च प्रविधिको प्रयोग गरी दुई÷दुई मिटरमा मापन गरी तयार पारिएको प्राविधिक प्रतिवेदनको आधारमा ४० लाख ९० हजार सात सय ६६दशमलव ७ घनमिटर उत्खनन गरिएको भएपनि ४७ लाख दुई सय ८५ दशमलव १६ घनमिटर उत्खनन् गरिएको भन्ने अनुमानका आधारमा अख्तियारले लगाएको आरोपमा कुनै सत्यता नभएको र यो आरोप मात्र भएको”प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यता,बागमती नगरपालिका ४ र १२ मा रहेको कुनै पनि प्रयोजनमा नरहेको वागमती नदीको नदी उकास जग्गामा बागमती माछा पोखरी निर्माण गर्न सुरु गर्दा यदी सागरनाथ वन विकास परियोजनाको क्षेत्र थियो भने पहिलै किन रोक्ने प्रयास भएन र अहिले बागमती नगरपालिकाले पर्यटकिय स्थल बनाई नगरको आन्तरिक आय श्रोत वृद्धि गरी स्वरोजगार तथा आत्मानिर्भर पालिका बनाउने अभियान अन्र्तगत निर्माणाधिन माछा पोखरी निर्माणको करिब आधा काम सकेपछि विभिन्न किसिमका वाधा अडचनहरु किन राखियो भन्ने प्रश्न नै गंभिर रहेको स्थानीय बताउँछन्।सागरनाथ वन विकास परियोजनाका केही मानिसहरु पनि बागमती नगरपालिकाको विकास र समृद्धि देख्न नचाहने मानिसहरुको पक्षमा लागेर अनरगल आरोप प्रत्यारोप तथा नगर प्रमुख थापा,उप प्रमुख मोक्तान र नगरका कर्माचारीहरुको चरित्र हत्यामा लागेको स्थानीयको आरोप छ।देशका सात सय ५३ वटा पालिकाहरु मध्य बागमती नगरपालिकालाई नमुना पालिका बनाउने काममा अहोरात्र खटिएका नगर प्रमुख थापा सहित उनको टिमलाई  बाधा अडचन ल्याई बागमती नगरपालिकाको विकासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाधक बनेको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार