जिल्ला प्रशासन कार्यालय सर्लाहीको मुल गोटमा न्यायको माग गर्दै बहुजन एकता पार्टी नेपाल धर्नामा बसेको छ । बहुजनले गएको ४ दिन देखि जिल्ल प्रशासन कार्यालय सर्लाहीको मुल गेटमा धर्ना दिएको हो ।बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन पार्टीका अन्य केन्द्रिय प्रतिनिधीहरु धर्नामा बसेका पार्टीले जानकारी दिएको छ ।
गएको जेठ १२ गते सर्लाहीको चक्रघट्टा गाउंपालिका २ को जसोधा देवी र रामविनेश रायले काम लगाई दिन्छु भन्दै सोही वडाका झगरु महराका अन्दाजी १८ बर्षिय छोरा अजय महरालाई ललाई फकाई लगेको र ६ महिना बिती सक्दा पनि आफ्ना छोरा घर नफर्के पछि प्रहरी कार्यालयमा उजुरी दिन जादा दलित भनेर प्रहरीले उजुरी दर्ता गर्न नमानी आनाकानी गरेको भन्दै उनिहरुको ध्यानाकर्षण भएको थियो । त्यस्तै जिल्लाकैे चन्द्रनगर गाउंपालिका ६ बस्ने जगदिस माझी र नन्दलाल माझी इश्वरपुर नगरपालिका ३ बस्ने सुमन भुजेललाई स्थानीय एक ठेकेदारले काम लगाइ दिन्छु भन्दै भारतको उत्तर प्रदेशलगि श्रम शोषण गरि खान समेत नदिई दैनिक १८ घण्टा काममा गराए पश्चात उनीहरु सिकिस्त बिरामी परेको थियो ।
३ जना दलित मजदुरलाई ठेकेदारले कठोर मानसिक यातना दिएपछि उनीहरु बिरामी परेको र तत्कालै उपचार नपाएपछि उनीहरुको मृत्यु भएको बहुजन पार्टीको निष्कर्ष रहेको छ । घरपविारको एकमात्र सहारा रहेका माझी र भुजेलका परिवार अहिले ठुलो समस्या भोग्न बाध्य भएका छन् । सम्बन्धित ठेकेदार उपर कुनै कार्वाही नभएपछि दलित समुदाय जहिले पनि दमन र शोषणको सिकार भएको भन्दै बहुजन एकता पार्टी नेपालले दोषी उपर कडा कार्वाहीको माग गर्दै परिवारलाई क्षतिपुर्तीको व्यवस्था राज्यले गर्नुपर्ने भन्दै अनिश्चितकालिन धर्नामा बसेको पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दनले बताउनु भयो ।
पीडित परिवारको जाहेरी प्रहरीले तुरुन्तै दर्ता गरि बेपत्ता पारिएकोलाई खोजी कार्य गर्नुपर्ने,मृत्यु भएका दलित मजदुरका दोषीहरुलाई कानुनको दायरामा ल्याएर पीडित परिवारलाई अविलम्ब क्षतिपुर्तीको व्यवस्था राज्यले गर्नु पर्ने माग राख्दै आफुहरु धर्नामा बसेको राष्ट्रिय अध्यक्ष रंजनले बताउनु भयो । उहाँकाअनुसार आफुहरुको माग पुरा नभएसम्म आफ्नो धर्ना जारी रहने छ ।