Close This

स्वा.कोईरालाको सम्झनामा शहीदको परिवारलाई घर बनाई दिदै,नेकपा (माओवादी केन्द्र) सर्लाहीको निर्णय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२ गते   ७४ पटक हेरिएको


नेकपा (माओवादी केन्द्र) सर्लाहीले जिल्लाबाट जनयुद्धका क्रममा २०५५ साल कार्तिक १० गते पहिलो शहीद भएका इन्द्र कोइरालाको परिवारलाई ४ कोठे पक्की घर बनाईदिने भएको छ । श्रीमान इन्द्रले सहादत प्राप्त गरेपछि दुई छोरा दुई छोरीकी आमा लक्ष्मी कोइराला माईतीको सहारामा बस्दै आएकी छिन् । उनको सम्पतिको नाममा केहिपनि नरहेको वाईसीएल प्रदेश कमिटी संयोजक एवम् आवास निमार्ण समिती संयोजक शन्देस श्रेष्ठले जानकारी दिनुभयो  ।
निर्माणाधीन भवनको शनिवार माओवादी केन्द्रका जिल्ला संयोजक एवम् केन्द्रीय सदस्य अचुतम प्रसाद काफ्लेले शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा सर्लाही क्षेत्र नं. ३ (ख) का प्रदेश सभासदस्य डिल्लि प्रसाद उप्रेती , नेकपा (माओवादी केन्द्र) सर्लाहीका सचिव कमल बुढाथोकी,बागमती नगरपालिका नगर प्रमुख भरतकुमार थापा,बरहथवा नगरपालिका नगर प्रमुख देवानन्द महतो लगाएतको सहभागिता रहेको संयोजक श्रेष्ठले बताउनु भयो  ।
भवनको अनुमानीत लागत रु २१ लाख रहेको संयोजक श्रेष्ठले बताउनु भयो । पार्टीका जिल्ला कमिटी सदस्य,केन्द्रिय सदस्य, जनप्रतिनिधिहरुबाट स्वैच्छिक चन्दा संकलन गरेर भवनको निर्माण सम्पन्न गरिने संयोजक श्रेष्ठको भनाई छ । भवन निर्माणका लागि बागमती नगरपालिकाले १२ बथानेमा जग्गा उपलब्ध गराएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । कोइरालाले सहादत प्राप्त गरेकै दिन कार्तिक १० गते उहाँकी श्रीमती लक्ष्मी कोइरालालाई भवन हस्तान्तरण गरिन संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech