लालबन्दी १६ का जनप्रतिनिधि सहित स्थानीयले गरे सडक सरसफाई

376 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६ का स्थानीयले सडक सरसफाई गरेका छन्।नजिकिँदै गरेको नेपालीहरुको महान चाड दशैँ र तीहारलाई लक्षित गरी लालबन्दी नगरपालिका १६ परवानीपुरबाट पूर्व पश्चिम राजमार्ग निस्कने लालबन्दी नगरपालिका १७ रानिगन्ज सम्मको सडकको दायाँबायाँ रहेका झाँडी,बुट्यान फाँडेर सरसफाई लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका १६ का जनप्रतिनिधि हरुका साथै स्थानीय विभिन्न सामाजिक संघ÷संस्थाहरुका साथै स्थानीय युवाहरुको सहभागीतामा सडकको सरसफाई गरिएको हो ।
हरेक वर्ष चाडपर्वको समयमा गाउँले मिलेर यो सडक सरसफाई गर्दै आएका र सोही अनुसार यस वर्षपनि सरसफाई गरिएको स्थानीय युवा सुमन तामाङले बताए।पछिल्लो समय युवाहरु विदेश पलायन हुने र मानिसको जीवनशैली फेरिएसँगै गाउँघरमा पछिल्लो समय यस्ता सामाजिक कार्य निकै कम मात्रामा हुने गरेका स्थानीय राजु बुढाथोकीले बताए।उनका अनुसार परवानीपुरमा जनप्रतिनिधिहरु र थानीयको साझेदारीमा समय समयमा सामाजिक कामहरु हुँदै आएका छन् ।

सम्बन्धित समाचार