कुराभन्दा काममा विश्वास गर्ने नेकपा(माओवादी केन्द्र) मधेश प्रदेशका अध्यक्ष प्रह्लाद कुमार बुढाथोकीले पाँच वर्षे आफ्नो कार्यकालमा नगरलाई मधेश प्रदेशकै उत्कृष्ट नगर बनाउ सफल हुने बताउनु भयो । कसैलाई भेदभाव नगर्ने उहाँको व्यवहारले विपक्षीलाई पनि उत्तिकै आकर्षित गरेको छ ।
पदको लोभभन्दा पनि जनताको सेवाको भावले उहाँ अहिले नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)को गठबन्धनबाट लालबन्दी नगर प्रमुख पदको उम्मेदवार बन्नु भएका बुढाथोकी जनताका मनमुटमा बस्न सफल हुने गरि काम गर्ने योजनाका साथ नगर प्रमुख पदमा उम्मेदवारी दिनु भएको हो । जनताको सुखदुखलाई आफ्नै ठानेर केन्द्रमा रहेर पनि लालबन्दी नगरपालिका क्षेत्रलाई आधार बनाएर काम गर्ने बुढाथोकीले शिक्षा, स्वास्थ्य, पर्यटन, सडक, खानेपानी,सञ्चार,सडक,सामाजिक, भौतिक विकास, कृषि, नदी नियन्त्रणका साथै सुकुम्वासी व्यावस्थापनका योजना बनाई चुनाव प्रचार प्रसारमा लाग्नु भएको छ ।
प्राथमिकताका आधारमा अल्पकालीन र दिर्घकालीन योजना बनाएर काम गर्दा असफल नहुने कुरामा बुढाथोकी ठुकक हुनु भएको छ । सडक निर्माण,नदी नियन्त्रण,पर्यटन विकास,प्राविधिक शिक्षामा जोड, स्वास्थ्य,खानेपानी,रोजगारी लगायतका औद्योगिक क्षेत्रमा आफु खटेर लाग्ने उहाँले बताउनु भयो । उहाँले कृषि, सुकुम्बासी व्यवस्थापन,सुशासन, सेवा, सुबिधा, प्रबिधि मैत्रीले जनताको काम छिटो छरितो गर्ने बताउनु भयो । उहाँले भ्रष्टचारमुक्त,लालबन्दीलाई स्मार्ट सिटी निमार्ण गर्ने पनि कमलामाई मिडिया प्रा.लिसंगको संक्षिप्त छलफलमा बताउनु भयो ।
के छन् त योजना ?
समग्र लालबन्दीको एकीकृत विकास, लालबन्दीलाई स्मार्ट सिटि निर्माण, सार्वजनिक तथा प्राविधिक शिक्षामा सुधार, सुविधासम्पन्न अस्पताल, गृहिणी महिलाका लागि श्रमको सम्मान गर्दै त्यसको उचित व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र स्थापना गर्ने, युवा लक्षित रोजगारमूलक कार्यक्रममा जोड, कुषिजन्य उत्पादनको बजार व्यावस्थापना,कोल्टस्टोर,अल्पकालिन र दीर्घकालिन योजनाहरु सम्पन्न गर्न आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनु भयो ।
त्यसैले यस पटकका लागि नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)को गठबन्धनबाट गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गर्न पनि नगर प्रमुख पदका उम्मेदवार बुढाथोकीले आग्रह गर्नुभयो ।उहाँले लालबन्दी नगरपालिकालाई देशभरीकै उत्कृष्ट नगरपालिका बनाउने र अन्तराष्ट्रिय स्तरमा समेत परिचित गराउदै लालबन्दीबासीको शीर उच्च राख्न हरतरहको प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।