आज म जस्को बारेमा लेख्दैछु जो यो मानव जगतको पेट भराउने अन्नदाता, संसारलाइ भोकमरी बाट बचाउने एक महान योद्धा जीवन दाता, मेहनती ,परिश्रमी ,कहिले नथाक्ने ब्यक्ती सबैको जिबनसंग जोडिएको ब्यक्ति जसलाई किसान भनेर चिनिन्छ ।
नेपालको छैटौं कृषि गणना विसं २०६८ ले हिमाल र पहाडमा कम्तीमा चार आना, तराईमा आठ धुर वा जुनसुकै उमेरको कम्तीमा एक गाई वा भैंसीपालन गरेको भएमा वा कम्तीमा पाँच भेडाबाख्रा, सुँगुर बंगुरजस्ता चौपाया पालन गरेको भएमा वा चल्ला र माउ गरी कम्तीमा २० कुखुरापालन गरेको व्यक्तिलाई किसानको परिभाषामा समावेश गरेको छ ।
नेपालमा पहिलो कृषि गणना विसं २०१८ मा भएको थियो । केन्द्रीय तथ्यांक विभागले २०७० पुस ९ मा सार्वजनिक गरेको तथ्यांकले नेपालको कृषि परम्परागत, खाइखेतीका रूपमा अघि बढेको पुष्टि गरेको छ । तर, अहिलेको बढ्दो जनसंख्यालाई धान्न सोहीअनुरूप खेतीपाती गर्ने हो भने के जनताको खाद्य सम्प्रभुता पूरा होला ?
आजको युग प्रविधिको युग हो । संसारले प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको छ । कस्ता कस्ता असम्भव काम पनि प्रविधिका अगाडि सहज रुपमा सम्पन्न भएका छन् । तर, कृषिको क्षेत्रमा उही परम्परागत शैली नै चलिरहेको छ । मानिसहरु उही कुटो र कोदालो बोकेर खेतबारीमा धाइरहेका छन् । पहिलेजस्तै खेतको आलीमा आकाशतिर मुन्टो फर्काएर बर्षात्को आशमा बसिरहेका छन् । न त प्रविधिले समयमा पानी पारिदिन सकेको छ न त हलो र कोदालोको काममा मद्धत गर्न सकेको छ ।
विशेषतः कृषिप्रधान देश मानिएको नेपालमा कृषकहरुले प्रविधिको अनुभव गर्न पाएका छैनन् । भौगोलिक हिसाबले हेर्दा हिमाल र पहाडको बाहुल्यता रहेको नेपालमा ७० प्रतिशत जनता कृषिमा निर्भर छन् । तर परम्परागत कृषि प्रणालीका कारण कृषिको अवस्था उकालो लाग्न सकेको छैन । तराई क्षेत्रका यदाकदा स्थानमा खनजोतका लागि ट्याक्टर र सिँचाइका लागि जेनेरेटरको प्रयोग गरिने भएतापनि पर्याप्त भएको छैन । नेपालको लागि तराई अन्न भण्डार हो । तर तराईमा उब्जिएका सिमित खाद्यान्नले नेपालीहरुलाई पाल्न सकेको छैन । नेपालीहरु आयातित खाद्यान्नबाट नै पेट भरिरहेका छन् ।
नेपाली कृषकका लागि प्रविधिको मात्र हैन नियम र कानुनको पनि अपर्याप्तता छ । सरकारी तवरबाट नै कृषि षिका नाममा केही अनुदान सहयोग प्राप्त भएपनी बास्ताबिक किसान सम्म कहिले पुगेन । कृषि क्षेत्रमा लगानी गर्नका लागि बैँकहरुबाट ऋण प्राप्त गर्नु समेत कठिन छ । किनकि ऋणदाताहरु कृषकलाई पत्याउँदैनन् । कृषिलाई व्यवसायिक रुपमा हेर्ने परिपार्टीको विकास नेपालमा हुन सकिरहेको छैन ।
यीनै समस्याका कारण युवाहरु रोजगारको निमित्त विदेश पलायन हुने क्रम बढ्दो छ । नेपाली युबाहरु उब्जाउ नै नहुने भूमीमा नंग्रा खियाउनुभन्दा त्यही खेत बेचेर विदेशी भूमीमा पसिना बगाउनुलाई भाग्य सम्झिन थालेका छन् । किनकि नेपालमा कृषिलाई व्यवसाय मानिन्दैन । कृषिबाट आम्दानी हुने कुरा कसैले पत्याउँदैन । कृषकका लागि यहाँ धेरै कानून बने तर किसानमैत्री बनेन। कृषिमा लगानी गर्नुलाई पैसा खेर गएको ठानिन्छ । कृषि व्यवसायमा लागेको मानिसलाई बेरोजगारसरह मानिन्छ ।
आजकाल केही सुधार भने आउन थालेको छ । जस्तो कि, पहाडी क्षेत्रमा पनि सम्भव हुने ठाउँहरुमा ट्याक्टरको प्रयोग गर्न थालिएको छ । विदेशबाट कृषिसम्बन्धि बटुलेको अनुभव संगालेर केही युवाहरु नेपालमा नै कृषि फार्म खोलेर आम्दानी गरिरहेको छन् । कुनै क्षेत्रहरुमा समूहगत रुपमा भाडामा जग्गा लिएर भएपनि माटोअनूकुलका फलफूल तरकारी तथा अन्नपातहरु उब्जाइरहेका छन र सहरमा जग्गा नहुनेहरुले पनि आफ्नै घरको छतमा कौसी खेती गर्न थालेका छन ।सरकारले विभिन्न ब्यवसायिक रुपमा खेती गर्ने युबाहरुलाइ विभिन्न अनुदानमुखी कार्यक्रमहरु बनाएर कार्यन्वयनमा ल्याएका छन सीटीभिटी अन्तर्गत कृषिलाई पनि एउटा विषयको रुपमा अध्यापन सुरु गरिएको छ । सरकारले माध्यमिक तहमा पनि बाली बिज्ञानको कक्षाहरु सन्चालनमा ल्याएको छ यो एउटा सकारात्मक पक्ष पनि हो । साथै आफ्नो अधिकारका क्षेत्रमा कृषकहरु पनि एकजुट हुन थालेका छन् ।
यसरी किसानहरुको परिचय र पहिचानको लागि अहिले देश भर नै म नेपाली किसानको अभियानमा हामी जुटेका छौ । प्रत्यक किसानले परम्परागत निर्बाहमुखी कृषि प्रणालीबाट ब्यवसायिक कृषि प्रणाली तर्फ लाग्नु आजको ज्वलन्त आवस्यकता हो । नेपाल कृषि प्रदान देश भएकोले यो मुलुकको आर्थिक समृद्दी, देशको अर्थतन्त्र सबल र सक्षम बनाउने एकमात्र आधार नै कृषि र कृषि क्रान्ति गरि कृषि क्षेत्रको आमूल परिवर्तन हो ! किसानले उत्पादन गरे देखि बजारमा बिक्रीवितरण गर्नेसम्म सहज बाताबरण बनाउनुका साथै बिचौलियाहरु बाट बचाइ किसानको श्रमको उचित मुल्य र उपभोक्ताले ताजा र उचित मुल्यमा कृषि उत्पादन उपभोग गर्न पाउने बाताबरण निर्माण गर्नु गराउनु नै सरकार र विभिन्न किसानको सहयोगी संघ संस्थाहरुको जिम्मेवारी र कर्तव्य हो । अब हामी हिजो के थियो हैन आज के गर्छौ र भोलिको लागि हामी के गर्न सक्छौ भनेर दीर्घकालीन योजनाहरु तयार गरेर अघि बढ्न सक्नुपर्छ । अब सरकारलाइ कृषि र किसानमैत्री कृषि नीति,भु नीति निर्माण गर्न घचघचाउन सबै किसानहरु र किसानका निमित्त लडिरहेका सरोकारवालाहरुले कम्मर कस्न जरुरी छ । सरकारले कृषि क्षेत्रलाई ब्यवासायिक रूपमा बिकास र किसान मैत्री नीति तथा कार्यक्रम बनाइ सो अनुरुप आवश्यक बजेट ब्यवस्थापन गरि अघि बढ्ने हो भने युबाहरु आफ्नै देशमा स्वरोजगार हुन्छ र वैदेशिक रोजगार युबाक रोजाइ बन्न सकिँदैन। र अहिले जुन बाहिरी मुलुकबाट कृषि उपजहरु अरबौको मुल्यमा आयात भएको छ त्यसलाई पछाडि पार्दै आत्मनिर्भर बन्नुका साथै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन सकिन्छ ।
“स्वस्थ उत्पादन ,स्वस्थ जीवन , किसान एकता र सम्रिद्ध राष्ट्र निर्माणका लागि हाम्रो अभियान ” भन्ने नाराका साथ किसानको परिचय र पहिचानको लागि “म नेपाली किसान ” यो महा अभियान सफल पारौ । जय कृर्षि जय किसान “म नेपाली किसान”