विश्व विजेता वडि विल्डर्स महताेलाई लालबन्दीमा स्थानीय द्वारा सम्मान

3.4k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ५ निवासी अन्तर्राष्ट्रिय बडि विल्डर्स खेलाडीलाई स्थानियले सम्मान गरेका छन् । नेस्नल वडि विल्डिङ युनियन ईन्टरनेस्नल वडि विल्डिङ स्पाेट प्रतियोगितामा   तृतिय स्थान हासिल गरेका लालबन्दी नगरपालिका ५ का सुरेन्द्र महताे( नेपाली टाईगर)  लाई स्थानीयले सम्मान गरेका छन् ।
भारतकाे दिल्लीमा भएको विश्व स्तरिय प्रतियाेगितामा ९ देशकाे सहभागीता रहेकाे थियाे । जसमा महताे तृतिय भएका थिए । यसियामा तृतिय स्थान ल्याउन सफल भएका महताेले विश्वभरकाे प्रतियोगितामा तृतिय स्थान हासिल गरेका हुन ।लालबन्दी नगरपालिका ५ का ३७ वर्षिय महताे यसियामा तृतिय भई नेपाल र नेपालीको सान उच्च राख्न सफल भएको भन्दै स्थानियले सम्मान गरेका हुन । आफ्नै निवास लालबन्दी नगरपालिका ५ मा आज( बिहीबार) पत्रकार सम्मेलनकाे आयाेजना गरि विजेता महताेलाइ सम्मान गरिएको महताेका परिवारजनले बताएका छन् । विश्वमा तृतिय स्थान हासिल गरेकाे भए पनि नेपाल सरकार तथा स्थानिय सरकारले कुनै किसिमकाे सहयाेग नगरेकाे विजेता महताेले बताउनु भयाे ।

आफुले विश्वमा नेपालकाे नाम जाेगाउन सफल भएको भन्दै उनले आफुलाई धेरै खुसि लागेकाे बताउनु भयाे । 
सबैको साथ सहयाेगले आफू सफल भएको बताउदै खेलाडीहरुलाई नेपाल सरकारले खेल क्षेत्र अनुसारकाे व्यावस् गर्नु पर्ने उहाँले बताउनु भयाे । अब आफुले अनलाइन मार्फत नेपाली खेलाडी तथा खेलक्षेतरमा लाग्न चाहने युवाहरुलाई फ्रिमा तालिम दिने बताउनु भयाे । आफुले करिब १० वर्ष पहिला देखि जिम गर्ने गरेकाे वडि विल्डिङ बन्ने ईच्छा शक्ति रहेका कारण भारतमा गएर तालिम लिएको बताउदै नेपाल सरकारले सरकारी तर्फबाट जिमखानाहरुकाे व्यावस्था गरि निशुल्क जिम खेल्न पाउने व्यास्था गर्नु पर्ने बताउनु भयाे ।

आफुलाइ विश्व स्तरिय प्रतियोगिता जित्छु भन्ने थिएन,तर जिते भन्दै धेरै खुसि लागेकाे बताउनु भयाे । ९ देशकाे सहभागीता रहेकाे प्रतियाेगितामा भारतले प्रथम र द्वितीय स्थान पाएकाे र नेपालले तृतिय स्थान हासिल गरेकाे थियाे ।  जना प्रथम दितिय र तृतिय भएका छन् । खेलकुदमा लगानी गरेर देशकाे नाम उच्च राख्न सकिने भएकोले सरकारले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिनु पर्ने बताउदै आफ्ना सन्ततिलाई पनि खेलकुद क्षेत्रमा लगाउने उहाँको याेजना छ । साथिहरु र पारिवारकाे भरपुर सहयाेगका कारण आफू सफल भएको भन्दै उहाँले सबैलाई धन्यवाद समेत दिनु भयाे ।

सम्बन्धित समाचार