Close This

‘हाई अल्टीच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर’ स्थापना गर्ने घोषणा

पत्र पत्रिका    प्रकाशित: २०७७-२-३ गते   ३४४ पटक हेरिएको

सरकारले आगामी आर्थिक वर्ष नेपालमा ‘हाई अल्टिच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ ।सरकारका तपर्फबाट राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘हाई अल्टीच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर’ स्थापना गर्ने घोषणा गरेकी हुन ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट तालिम केन्द्र स्थापनाको नाममा थोरै रकम विनियोजन गरेर अध्ययन, अनुसन्धान हुँदै आएको थियो ।यसपटक भने सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरेर तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको हो ।

यस्तै, सरकारले राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सक्ने गरी खेलाडीको क्षमता विकास गर्ने बताएको छ । यस्तै, सरकारले स्थानीय र प्रादेशिक र राष्ट्रियस्तरमा सुविधा सम्पन्न खेलकुद पूर्वाधारको निर्माण र स्तरउन्नतीको कार्यलाई निरन्तरता दिने बताएको छ ।

सरकारले अघिल्लो वर्षबाटै एक स्थानीय तह, एक खेलग्रामको अवधारणामा काम गर्दै आएको थियो ।यस वर्ष समेत स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरका सुविधा सम्पन्न खेलकुद पूर्वाधार निर्माण गने सरकारले बताएको हो ।

यस्तै, सरकारले निजी क्षेत्रबाट पहल गरिएका खेलुकद पूर्वाधारलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ । सरकारले यसअघि संसद बैठकमा आफ्ना सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै खेलाडीको सम्मान र पूर्वाधार निर्माणमा विशेष ध्यानमा राखेको बताएको थियो ।

सोही सिद्धान्त र प्राथमिकताका आधारमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech