Close This

सर्लाहीको गोडैताबाट अवैध सुनचाँदीका गहना बरामद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२८ गते   २० पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिका १२ मधुवनीबाट अवैध रुपमा लुकाइ छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सुन चाँदीका गहना सर्लाही प्रहरीले बरामद गरेको छ । शुक्रवार दिउँसो करिब ३ बजेको समयमा गस्तीमा खटिएका प्रहरी टोलीले मधुवनी गाउँ स्थित नेपाल भारत सिमानाकाको सडकबाट भारतिय नम्बर प्लेटको द्यच्घण् भ् ण्टज्ञघ मोटरसाइकलको डिक्की भित्र लुकाएर राखेको सुन चाँदीका  विभिन्न गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सुनचाँदीका विभिन्न गहना सहित धनकौल गाउँपालिका २ बस्ने बिनोद साहले चलाएको भारतिय नम्बर प्लेटको द्यच्घण् भ् ण्टज्ञघ मोटरसाइकल बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 भारतिय नम्बर प्लेटको मोेटरसाईकलको डिक्कीमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सुनका विभिन्न गहना,१ थान सुनको डल्ला र चाँदीका विभिन्न गहनाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
    बरामद भएका सबै सुनचाँदीका गहना तथा सुनको मुल्य करिब रु ७८ हजार ५ सय १७ रहेको सुनचाँदी व्यवसायी संघ मलंगवाका महासचिव कमलेश साहले बताउनु भयो । बरामद गरगहनाहरु आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवा,सर्लाही   पठाइएको प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech