बागमतीका विभिन्न स्थानमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा शनिबार १५० जनाको सल्यक्रिया

411 Shares

सर्लाहीको बागमती नगरपालिकाका विभिन्न वडाहरुमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीहरुको शल्यक्रिया सुरु भएको छ ।बागमती नगरपालिकाका विभिन्न वडाका आठ स्थानमा करिब एक साता सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा करिब दुई हजार जनाको आँखाको परिक्षण गर्दा पाँच सय ९५ जनामा मोतिया बिन्दुको समस्या देखिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए ।
उनका अनुसार बागमती नगरापालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक समन्वयमा माघ ४ गतेदेखि नगरका विभिन्न आठ स्थानमा निःशुल्क आँखा शिविर आयोजना गरिएको थियो ।निःशुल्क आँखा शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीहरुको बागमती नगरपालिका ५ सोल्टी बजार स्थित रहेको जनता नमूना मा.वि.को प्राङ्गणमा शनिबार एक सय ५० जनाको शल्यक्रिया गरिएको छ ।माघ १४ गते सम्म सल्यक्रिया सञ्चालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार