Close This

सर्लाहीमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-९ गते   ३३४ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड लागेको छ । जिल्ला प्रशासन कार्यालयमा कक्षा १२ को परीक्षा सम्पन्न भएपछि नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड लागेको हो ।
भर्खरै कक्षा १२ को परीक्षा सकिएको र माथिल्लो कक्षामा अध्ययन गर्न तथा वैदेशिक रोजगारीमा जान भन्दै नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड लागेको छ । जिल्लामा रहेका ईलाका प्रशासन कार्यालयहरु र जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड लागेको  कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाही र ईलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवामा रहेका नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड लागेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनु भयो । उहाँका अनुसार कक्षा १२ को परीक्षा लगत्तै नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीहरुको संख्यामा दोब्बरले वृद्धि भएको छ ।
स्थानीय निकायको निर्वाचनअघि दैनिक २० देखि २५ जनासम्म नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका भएपनि अहिले अहिले दैनिक ५० देखि ५५ जनासम्म नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनका लागि आउने गरेका इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख गुणबहादुर भुजेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार भीडभाडकै बीच सेवाग्राहीलाई एकै दिनमा नागरिकता जारी गरेर पठाउने गरेको भए पनि राहदानीतर्फ भने बारम्बार सर्भरले काम नगर्दा समस्या पर्ने गरेको छ ।
सर्भरमा आएको पटक पटकको समस्याले राहदानी बनाउन पुग्ने सेवाग्राहीहरुले हैरानी खेप्नु परेको बागमती नगरपालिका ७ का कृष्णबहादुर मोक्तानले गुनासो गर्नु भयो । जसका कारण नागरिकता  र राष्ट्रिय परिचयपत्रको फर्म भर्न लगातार तीन दिन धाउनु परेको सेवाग्राहीको गुनासो छ ।
नागरिकता  र राष्ट्रिय परिचयपत्र फाँटमा पनि सेवाग्राहीको चाप बढ्दा एकै दिनमा नागरिकता  र राष्ट्रिय परिचयपत्र वितरण गर्न नसकिएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अहिले दैनिक करिब १ सय ३० बढीले नयाँ नागरिकता लिने गरेका प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो । उहाँका अनुसार आवश्यक कागजात लिएर आएका जो कोही सेवाग्राहीहरु रित्तो हात घर फर्किनु नपरोस् भनेर कार्यालयहरुमा साँझसम्म फाँटमा बसेर काम गर्ने गरेको बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech