“श्रम तथा उत्पादनमा वाइसिएल”अन्र्तगत भारत तालमा रत्तदान

475 Shares

नेकपा(माओवादी केन्द्र)निकट योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)नेपालले आयोजनामा गरेको रत्तदान शिविरमा ८३ जनाले रगत दान गरेका छन्।वाइसिएल नेपाल जिल्ला कमिटि सर्लाहीले बागमती नगरपालिका १२, स्थित बागमती माछा पोखरी(भरत ताल)परिसरमा आयोजना गरेको रत्तदान शिविरमा ८३ जनाले रत्तदान गरेका वाइसिएल नेपाल सर्लाहीका सचिव भोज बहादुर बोहोराले जानकारी दिए ।उनका अनुसार नेपाल रेडक्रस सोसाईटी जनकपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा १० जना महिला र ७३ जना पुरुषले रत्तदान गरेका छन् ।
सङ्गठनको केन्द्रिय कार्यक्रम अन्तरगत वाइसिएल नेपाल सर्लाही “श्रम तथा उत्पादनमा वाइसिएल” भन्ने नारा सहित दुई महिने अभियान सुरु गरेको वाइसिएल नेपाल सर्लाहीका अध्यक्ष घमकुमार श्रेष्ठ(राजकुमार)ले जानकारी दिए ।उनका अनुसार अभियान अन्तरगत लालबन्दी नगरपालिका १५ र १६ स्थित रहेको गुम्बा र पुष्पलाल स्मृति पार्क सरसफाइ तथा वृक्षारोपण र चन्द्रनगर गाउँपालिमा ५ मोहनपुरमा शहीद रामवृक्ष यादवको ३१ औँ स्मृतिमा वृक्षारोपण लगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।
माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको शिविरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले,केन्द्रीय सदस्य एवम निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह र वाइसिएल नेपालका केन्द्रीय सदस्य ऋषिराज धिताल लगायत वाईसीएल नेपालका पदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार