डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद झन चर्कियो,

299 Shares

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे गरेका हरेक निर्णय कानुन सम्मत भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।उनले बुधबार पत्रकार सम्मेलन गरी विद्युत् प्राधिकरणले ऐन,नियम र कानुन अनुसार नै महसुल नतिर्ने उद्योगहरूको लाइन काटेको दाबी गरे।“प्राधिकरण ऐन,नियमभन्दा एक इन्च बाहिर गएको छैन । तर मन्त्रिपरिषद्ले नै लाइन जोड्ने निर्णय गरेकाले त्यसको पालना गर्नु हाम्रो कर्तव्य हो ।” कार्यकारी निर्देशक घिसिङले बताए ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेर काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो।बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो । 
यही निर्णयलाई थप व्याख्या गर्न सोमबार ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बोलाएका थिए।बैठकमै कार्यकारी निर्देशक घिसिङले कम्तीमा बक्यौताको पहिलो किस्ता तिरेपछि मात्रै लाइन जोड्नुपर्ने आफ्नो पुरानै अडान दोहो¥याएका थिए ।बैठक सुरु हुनसाथ ऊर्जामन्त्री र कार्यकारी निर्देशक घिसिङ बीच फरक फरक धारणा प्रस्तुत भएको बोर्डका एक सदस्यले बताए ।उनकाअनुसार मन्त्रिपरिषद्को निर्णय ४८ घण्टा हुनै लाग्दा समेत किन कार्यान्वयन नभएको भनी मन्त्रीले सुरुमै कार्यकारी निर्देशक घिसिङलाई प्रश्न गरे। कार्यकारी निर्देशक घिसिङले चाहिँ निर्णय २४ घण्टापछि मात्रै कार्यालयमा पुगेको र बोर्ड बैठक बस्ने भनेपछि सोही अनुसार आफू अगाडि बढेको प्रतिक्रिया दिएका थिए ।“मन्त्रीस्तरीय निर्णयले पटक पटक लाइन जोड्न निर्देशन दिएकाले सरकारको निर्णय मान्नु प्राधिकरणको दायित्व ठानेर कार्यान्वयन गर्छु।तर डेडिकेटेड र ट्रंकलाइनको महसुल कानुनी रूपमा उठाउने कुरामा तलमाथि हुन दिन्नँ ।” कार्यकारी निर्देशक घिसिङले बताए ।
महसुल नउठाउने हो भने नियमनकारी निकाय,ऊर्जा मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय गराउन कार्यकारी निर्देशक घिसिङले चुनौती समेत दिए।“प्राधिकरणले ऐन, नियमभन्दा बाहिर रहेर बिल काटेको छैन।यो मेरो लागि गरिएको पनि होइन।राज्यको सेवा उपभोग गरेवापत् पैसा तिर्नुपर्दैन भन्ने लाग्छ भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुस् हामी पालना गर्छौँ ।” बैठकमा कार्यकारी निर्देशक घिसिङले बताए ।लोडसेडिङको समयमा ती सय ३९ वटा उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनको सुविधा उपभोग गरेका कार्यकारी निर्देशक घिसिङले बताए।त्यसमध्ये अरूले महसुल तिरिसकेका छन्।पटक पटकको सूचना र चेतावनीपछि कात्तिक ८ गते प्राधिकरणले ३४ वटा उद्योगको लाइन काटेको थियो । यसमध्ये पनि दुई वटा उद्योगले लाइन काटेपछि महसुल पूरै तिरेको र चार वटा उद्योगले किस्तामा तिर्न सुरु गरेपछि प्राधिकरणले लाइन जोडि दिएको उनले बताए ।

सम्बन्धित समाचार