Close This

बागमती नगरपालिकाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सुरु,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१७ गते   १६० पटक हेरिएको

शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती लगायत जिल्लाका आधादर्जन स्थानीय तहहरुमा निःशुल्क आँखा शिविर सुरु भएको छ । बुधवारबाट बागमती नगरपालिका र काठमाण्डौ स्थित तिलगंगा आँखा प्रतिष्ठानको संयूक्त आयोजनामा आँखा शिविर सुरु भएको आयोजक बागमती नगरपालिकाले जनाएको छ । 
बुधबारबाट सुरु भएको आँखा शिविरमा तीन सय ८९ जनाले निःशुल्क आँखा चेक जाचँ गरेका बागमती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पदम बहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार बागमती नगरपालिका ४ स्थित रहेको जन ज्योती आधारभूत विद्यालय जिरायत नयाबस्तीमा भएको तीनसय ८९ जनाको आँखा चेकजाँच गर्दा ४६ जनामा मोतीबिन्दु भेटीएको हो ।


उनिहरुको फागुन २६ गतेदेखि २९ गते सम्म तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञबाट निशुल्क सल्याक्रिया गरीने आयोजक बागमती नगरपालिकाले जनाएको छ । समाजमा आँखा सम्बन्धी जनचेतनाको अभावमा धेरै भएकाले आँखाको विरामीमा मोतीबिन्दुको समस्या देखा पर्ने गरेको पाइएको चिकित्सकहरुले बताएका छन् । विषेश गरी बृद्धबृद्धामा मोतीबिन्दुको समस्या देखिने गरेको पाइएको छ । 
बिहीबार देखी २९ गते सम्म बागमती,हरिवन,हरिपुर र बरहथवा नगरपालिका तथा बसबरिया र रामनगर गाउँपालिकाका विभिन्न स्थानमा शिविर संचालन गरिने छ । निःशूल्क शिविरमा आँखा जाचँका क्रममा फेला परेका मोती बिन्दुका बिमारीको निःशुल्क सल्याक्रिया समेत गरिने आयोजक बागमती नगरकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार फागुण १७ गते बागमती नगरपालिका ४ स्थित रहेको जनज्योती आधारभुत बिद्यालय जिरायत,१८ गते बागमती नगरपालिका १२ स्थित जनजागृति आधारभुत बिद्यालय बथनिया,१९ गते,बरहथवा नगरपालिका १ स्थित पुरानो वडा कार्यलय रत्न गिरीको घर,२० गते बागमती नगरपालिका ३ स्थित जनकल्याण आधारभुत बिद्यालय धरहरा,२१ गते बसबरिया गाउँपालिका ३ स्थित भवानीपुर स्वास्थ्य चौकीमा आखाँको चेकजाँच गरिने छ ।


यस्तै फागुण २४ गते हरिवन नगरपालिका १ स्थित रहेको आधारभुत प्राथमिक बिद्यालय पटौँना,२५ गते हरिपुर नगरपालिका १ स्थित स्वास्थ्य चौकी भवन हजारविगाह,२७,२८ र २९ गते बागमती नगरपालिका ८ स्थित रहेको नव जन जागरण माध्यमिक बिद्यालय शंकरपुरमा आँखा जाँच तथा शिविरबाट छानिएका मोती बिन्दुका बिरामीहरुको सल्याक्रिया गरिने बागमती स्वास्थ्य शाखा प्रमुख रायमाझीले जानकारी दिए । शिविरमा आँखा जाँच तथा सल्याक्रियाको लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौका बरिष्ठ चिकित्सकहरुकोे टोली खटिएको आयोजक बागमती नगरपालिकाले जनाएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech