सर्लाहीको बिष्णु गाउपालिकाले चालु आर्थिक वर्षको गाउँ सभा असोज पहिलो साता गर्ने भएको छ ।विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव बिरामी भई अस्पताल भर्ना भएकाले असार १० गते गाउँसभा तथा आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम पेश गर्न नसकेको विष्णु गाउँपालिकाले असोज पहिलो साता चालु आर्थिक वर्षको गाउँ सभा गरी वार्षिक बजेट,नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटाले जानकारी दिए ।
उनका अनुसार असार ४ गते गाउँपालिका अध्यक्ष यादव अचानक बिरामी भई हाल समम पनि उपचारत अवस्थामा रहेका र उनको अवस्था अहिले सुधारोउन्मुख रहेकाले गाउँपालिकाले असोज पहिलो साता चालु आर्थिक वर्षको गाउँ सभा गरी वार्षिक बजेट,नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको हो ।गाउँसभा नहुदा विष्णु गाउँपालिकाको बजेट चलेको छैन भने बजेट नचलेका कारण गाउँपालिकाका कुनैपनि गतिविधिहरु सञ्चालन हुन सकेका छैनन् ।२० वटा पालिका रहेको सर्लाहीको विष्णु सहित पर्सा गाउँपालिका र मलंगवा,बलरा र बागमती नगरपालिकाले आफ्नो वार्षिक बजेट,नीति तथा कार्यक्रम हाल सम्मपनि ल्याउन सकेका छैनन् ।