उद्योग वाणिज्य संघ लालबन्दीको १० औँ अधिवेशन सुरु

360 Shares

उद्योग वाणिज्य संघ लालबन्दी सर्लाहीको संघको १० औँ वार्षिक साधारण सभा एवम ७ औँ अधिवेशन सुरु भएको छ।उद्योगी, व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दी सर्लाहीको नेतृत्व चयन सहितको अधिवेशन शनिबार मध्यान्हबाट लालबन्दी नगरपालिका ९ बस्तीपुरस्थित होटल आर्या इनमा सुरु भएको हो । 
दिपेन्द्र बलम्पाकी(दिपक)को तीन वर्षे कार्याकाल समाप्त भएपछि उद्योग वाणिज्य संघ लालबन्दी सर्लाहीको नयाँ नेतृत्व चयनका लागि आयोजना गरिएको संघको १० औँ वार्षिक साधारण सभा एवम ७ औँ अधिवेशनको प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुंगेलीले उद्घाटन गरेकी हुन।लालबन्दी नगरपालिका भित्रका करिब आठ सय उद्योगी,व्यापारी,व्यवसायीहरुको सहभागीता रहेको संघको नयाँ नेतृत्व चयनका लागि शनिबार सहमती नभएपछि निवर्तमान अध्यक्ष कल्याण कुमार जोशीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको अध्यक्ष बलम्पाकीले जानकारी दिए।उद्योग वाणिज्य संघ लालबन्दीको आगामी अध्यक्षका लागि वर्तमान कार्य समितिका उपाध्यक्ष महेश कुमार महतो प्रमुख आकांक्षी देखिएका छन्।बन्दसत्र सुरु भएपछि अन्य आकांक्षी पनि देखा पर्न सक्ने र एक भन्दा बढी उम्मेदवार भएको खण्डमा मतदानबाट नेतृत्व चयन गरिने निर्वाचन समितिले जनायो ।
बन्दसत्र अन्तर्गत उम्मेदवारी दर्ताको लागि जेठ २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ।सो दिन कुनै पदमा एक जनाको मात्रै उम्मेदवारी परे निर्विरोध निर्वाचित भएको घोषणा गरिने तर दुई वा दुई भन्दा बढी व्यक्तिको उम्मेदवारी परेको खण्डमा आगामी असार ४ गते मतदान हुने निर्वाचन समितिले जनायो ।
असार ४ गते हुने मतदानमा संस्थाका आजिवन सदस्य एक सय ७९ जना र साधारण सदस्य छ सय ६४ जना गरी आठ सयढ ४३ जना मतदाता रहेका निर्वाचन समितिका संयोजक जोशीले जानकारी दिए।उनका अनुसार जेठ २६ गते उम्मेदवारी दर्ता भएपछि उम्मेदवारी फिर्ता, प्रचार प्रसार लगायतका लागि समय छुट्याइएको छ ।
संघको १० औँ वार्षिक साधारण सभा एवम ७ औँ अधिवेशनमा लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी,उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य,उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी,महासंघकै केन्द्रीय सदस्य अमरेश चन्द्र बैदवार,अर्का केन्द्रीय सदस्य प्रयास कार्की र सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको विशेष उपस्थित भएको छ ।

सम्बन्धित समाचार