सर्लाहीको ईश्वरपुर नगरपालिका ५,सखुबनीमा क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर मृत्यु भएका युवकको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति दिने सहमती भएको छ।ईश्वरपुर नगरपालिका ४, सागरनाथका अन्दाजी १७ वर्षीय निशान्त थापा मगरको शनिबार दिउँसो सखुबनीस्थित श्याम सुन्दर महतोले सञ्चालन गरेको क्रसर उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा ईश्वरपुर नगरपालिका ४ र ५ का जनप्रतिनिधिहरुका साथै स्थानीय अगुवा,क्रसर उद्योग संचालक र पीडित परिवारबिच छलफल भएको थियो सोही छलफलले क्रसर उद्योगले लापरवाही ढंगले खाल्डो खन्दा घटना भएको भन्दै मृतकको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति दिने सहमती गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार छलफल पछि सो सहमती भएसँगै मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाही लगिएको छ ।
प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको मृतक मगरको शव उनका बुबा जितबहादुर वैदेशिक रोजगारीकबाट मंगलबार फर्किपछि मात्रै शव पोष्ट मार्टम हुने भएको छ।३० मिटर गहिरो खाल्डोमा जमेको पानीमा डुबेका मगरको शव निकाल्न शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दीवासबाट गोताखोर टोली आएर मगरको शव निकालेको प्रहरीले जनाएको छ ।
विभिन्न विकास निर्माणको बाहनामा लगाईएका अव्यवस्थित ठेकका पट्टाका कारण नदीहरुमा खनिएका खाल्डा,क्रसर उद्योगले ढुंगा,गिट्टी र बालुवा निकाल्दा बनेको खाल्डा र खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न जथाभावी खनिएको खाल्डाहरुमा डुबेर बर्सेनि बालबालिकाले ज्यान गुमाउने गरेका भएपनि सरोकारवाला निकाय बेखबर र गैरजिाममेवार देखिएको स्थानीयको आरोप छ ।मापदण्ड विपरित हुने नदी दोहनका साथै मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगहरुको समय मै नियमन नहुने हो भने धेरै बालबालिकाले अकालमै ज्यान गुमानु पर्ने जानकारहरु बताउँछन् ।