जग्गाको नापजाँच गराउन जनशक्ति खटाइने भूमि आयोगका अध्यक्ष निरौलाको प्रतिबद्धता

2.2k Shares

सर्लाहीको लालबन्दीका भूमिहिनहरुको संघर्ष समितिले राष्ट्रिय भूमि आयोगका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ । लालपुर्जा विहीन भूमि उपभोगकर्ता संघर्ष समिति लालबन्दीले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
संघर्ष समितिका अध्यक्ष चेत बहादुर मगरले २०१८ सालबाटै बस्ती विकास भएको क्षेत्रमा जमिनको नक्साङ्कन भइसकेको र जमिनको कित्ता नम्वर समेत कायम भइ सक्दा पनि सम्बन्धित क्षेत्रका जग्गा उपभोगकर्ताहरूले लालपूर्जा नपाएका भन्दै लालपुर्जाविहीन भूमि उपभोगकर्ताको समस्याका बारेमा ध्यानाकर्षण पत्र बुझाईएको बताउनु भयो ।
नापजाँच भएको लामो समयसम्म पनि आफुले भोगचलन गरि रहेको जमिनको पुर्जा नपाएका पीडितहरुको समस्या  समाधानका लागि आफुहरुले राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलालाई ध्यानाकर्षण पत्र बुझाएको लालपुर्जा विहीन भूमि उपभोगकर्ता संघर्ष समिति लालबन्दीका अध्यक्ष मगरले बताउनु भयो ।
ध्यानाकर्षण पत्रमा सुकुमबासी तथा ऐलानी जग्गा व्यवस्थापन एवम् लालपूर्जा वितरण समस्या नेपालको गम्भीर समस्या रहि आएको र समस्या समाधानका विषयमा निकै उतारचढावहरू आएका तथा बर्सेनि सरकारहरू बदलिइरहने, सरकारको नेतृत्व गर्ने राजनीतिक दलका आफ्नै प्रकृतिका राजनीतिक स्वार्थ, दाउपेच आदिका कारण लालपुर्जा विहीनहरुले लालपुर्जा नपाएका उल्लेख गरिएको छ ।
विभिन्न जिल्लाका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या बुझ्ने क्रममा विराटनगरको यात्रामा रहनु भएका राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलालाई लालपुर्जा विहीन भूमि उपभोगकर्ता संघर्ष समिति लालबन्दीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले लालपुर्जा विहीन भूमि उपभोगकर्ता संघर्ष समिति लालबन्दीको ध्यानाकर्षण पत्र बुझ्दै लालबन्दी नगरपालिकाका नगर प्रमुख वाशुदेव अधिकारी र संघर्ष समितिलाई चाडैं जनशक्ति खटाई जग्गाको नापजाँच गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको संघर्ष समितिका अध्यक्ष मगरले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले जग्गाको नापजाँच गराउन जनशक्ति खटाउने प्रतिबद्धता जनाउनु भएको छ ।
लालबन्दी नगरपालिकाले नगर भित्रका सुकुम्बासीहरुको लगत संकलनको काम केही समय पहिला सम्पन्न गरि सकेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाले जानकारी दिनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिकामा मात्र लालपुर्जा नभएका तर जग्गाको आफुले भोग चलन गरि रहेका सुकुम्बासीहरुको संख्या करिब ११ हजार रहेको छ ।

सम्बन्धित समाचार