Close This

डीआईजी रञ्जीतकारको नाम जोडेर पैसा बार्गेनिङ गर्ने महिला प्रहरी नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-७ गते   ४८ पटक हेरिएको

  प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जीतकारको नाम लिएर पैसा उठाउने एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । डीआईजी रञ्जीतकारको नाममा प्रहरी स्कुल गरुडा(झिँगडीया)मा शिक्षक पदमा स्थायी गराईदिने भन्दै पैसाको बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यामहरुबाट बाहिरिएपछि सर्लाहीकी सुशीला थापा(दाहाल)लाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुशीलालाई सर्लाही प्रहरीको सहयोगमा रौतहटस्थित नेपाल पुलिस स्कुलमा बोलाई थप अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको हो । यसअघि सुशीलाले रौतहटको गरुडा(झिाँगडीया) मा रहेको नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति गरिदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै पैसामा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।
प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी नायव महानिरिक्षक(डिआईजी) रञ्जीतकारको नाम जोडेर कमिसन वार्गेनिङ्ग गरेको अडियो बाहिरएपछि आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुरले एक विज्ञाप्ती जारी गर्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको र सो समाचारमा सत्यता नभएको दाबी गरेको छ ।https://kamalamaikhabar.com/news/1971

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech