भ्रष्टाचार सम्बन्धी दर्ता भएका मुद्धाको समाचार प्रकाशन भएपछि सांसद डा.सिंहको निदहराम

1.3k Shares

आफ्नो भ्रष्टाचार सम्बन्धी मुद्धा अख्तियार तथा सम्पती शुद्धिकणमा परेको विषयमा समाचार प्रकाशन भएपनि सर्लाही क्षेत्रनम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अम्रेश कुमार सिंहको निदहराम भएको छ ।सर्लाहीको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.सिंहले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेकाले छानविन गरी कारवाही गरी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पती सुद्धिकरण अनुसन्धान विभाग र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा २०८० बैशाख २५ गते उजुरी दर्ता भएको समाचार कमलामाई मिडिया प्रा.लिले प्रकाशन गरेपछि उनको निदहराम भएको हो ।
अन्य कुनै व्यापार÷व्यावसाय नभएका सांसद डा.सिंहले नेपालमा नेवारी समुदायका व्यापारीहरुले १२ पुस्तासम्म उद्योग व्यवसाय गर्दा पनि कमाउन नसकेको सम्पत्ति र नेपालमा मारवाढीहरुले चार पुस्तादेखि उद्योग कलकारखाना संचालन गरेर पनि कमाउन नसकेको सम्पत्ति १५ वर्षमै राजनीति गरेर कमाएका र त्यसको वैद्य कुनै स्रोत नरहेको भन्दै गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेकाले छानविन गरी कारवाही गरी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास,सम्पती सुद्धिकरण अनुसन्धान विभाग काठमाण्डौँ र प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालय सिंहदरवारमा २०८० बैशाखमा उजुरी दर्ता भएको छ ।
त्यसपछि उनले कमलामाई मिडिया प्रा.लिसंग कुरा गर्दै उनले“आफु सधैँ  संसदमा रहेको र पत्रकारले आर्थिक प्रलोभनमा परेर आफुखुसी जे मन लाग्यो तेही लेखेका भन्दै आक्रोस व्यक्त गरेका छन्।”उनले उजुरी दर्ता नम्बरको आधारमा समाचार लेखेर आफ्नो चरित्र हत्या गर्ने काम गरेको बताउँदै उनले कमलामाई मिडिया प्रा.लिसंग आक्रोस व्यक्त गरे।उनले आफुले देशभरका सबै पत्रकार चिन्ने बताउँदै कमलामाई मिडिया प्रा.लिले समाचार लेखेर बदमासी गरेको समेत बताए।उनले कमलामाई मिडिया प्रा.लिले समाचार लेखेर केही नहुने समेत बताए । 
के थियो २०८० बैशाख २६ मा प्रकाशन भएको समाचारमा ?
२०८० बैशाख २५ गते दर्ता भएको उजुरीमा“नेपालको जनआन्दोलन २ पश्चात वि.स. २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिका सांसदको सदस्य बनेका डा.सिंहसँग तत्कालिन समयमा पैतृक सम्पत्तिको रुपमा सर्लाहीको बलरा नगरपालिकामा करिब एक बिघा १० कठ्ठा जग्गा र सो जग्गाको मोल करिब रु २० लाख मात्रै रहेको भएपनि उनी सासंद बनेको केही समय पश्चात नै आफ्नो गाउँमा करिब दुई बिघा जग्गा खरिद गरिएको सोही जग्गामा सुविधा सम्पन्न साढे दुई तल्ले पक्की घर,मलगंवामा  आफ्ना भाईको नाममा करोडौ मुल्य पर्ने बहुमुल्य घडेरीहरु,झापाको भद्रपुरमा करिब रु छ करोड भन्दा पनि बढी पर्ने बहुमुल्य जग्गा आफ्ना ससुरा सुरेश सिंहको नाममा खरिद,आर्थिक वर्ष २०७५।०७६ मा व्यस्थापिका संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा डा.सिंहले चल अचल सम्पत्तिको रुपमा रहेको सुन ४० तोला चाँदी दुई सय तोला र एक क्यारेट हिरा मात्र रहेको भनी उल्लेख गरेका भएपनि उनी सासंद बनेको केही बर्षमै ललितपुर उपमहानगरपालिका ४ सैंबुको कित्ता नं १००९ र कित्ता नं.८५१ मा डा.सिंह र उनकी भाउजु मनोरमा सिंहको नाममा करिब रु ५० करोड भन्दा पनि बढीको मुल्याकंन रहेको डेढ रोपनी जग्गामा सुविधा समपन्न तीन तल्ले तथा चार तल्ले घर निर्माण गरी उक्त घरमा निज डा.सिंह स्वयंम बसीरहेका,ललितपुरकोा मेडिसीटी अस्पताल नजिकै ललितपुर उपमहानगरपालिका ८ सैंबुको कित्ता नं. ८८४ कित्ता नं ८८५ तथा कित्ता नं ८८६ मा रहेको जम्मा डेढ रोपनी जग्गा करिब रु २५ करोड भन्दा पनि बढीका,ललितपुर उपमहा नगरपालिका १७ मा पनि सांसद डा.सिंहकोे आफ्नै बहिनीको नाम राखि चार तल्ले घर सहितको घडेरी,बहिनी ज्वाई संजय झाले संचालन गरेका केन्ट कलेज र एपी कलेज वुद्वनगरमा डा.सिंहको करोडौ मुल्य पर्ने सेयर,बैकं संचालक समेत रहेका बासु श्रेष्ठको नाममा काठमाण्डौका व्यपारीसँग विभिन्न बैंकमा सेयर खरिद गरेका र काठमाण्डौँको छाउनी कोलोनीमा समेत सेयर लगानी,कालिमाटी तथा फलफुल व्यापारीहरु र कबाडी सामाग्री संचालकहरुलाई सांसदडा.सिंहले मिटर ब्याजमा ऋण लगानी गरी अनुचित रुपमा ब्याज समेत लिई गैर कानुनी कामकाज गर्दै आएका,भारतको नयाँ दिल्लीमा आफ्नी दाजु शैलेन्द्र कुमार सिंहको कान्छी बुहारी मेघाली मजुमदारको नाममा करिब भारु छ करोड भन्दा बढीको घर फल्याट खरिद, सांसद डा. सिंहले दोस्रो पत्नि लक्ष्मी जोशीको नाममा समेत विभिन्न बैंक तथा वित्तिय संघ संस्थामा सेयर लगानी गरी नेपालका विभिन्न ठाउँमा बहुमुल्य घर घडेरी खरिद गरेका र उनले प्रयोग गरि रहेको बा १५ च ११४३ नं को स्कोरपियो पनि अरुको नाममा राखी नेपाल सरकारलाई छल गरेका,बलरामा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा पहिले देखि निर्माण रहेको भवन तथा सभाहललाई देखाएर संसदिय विकास कोषबाट करिब रुएक करोड बराबरको योजना ल्याई उक्त रकम संसदिय पुर्वाधार विकास कोषबाट निकासा समेत गराएका”कारण सांसद डा.सिंहलाई नेपालको संविधान,भष्ट्रचार निवारण ऐन,२०५९ तथा सम्पत्ति शुद्विकरण निवारण ऐन,२०६४ अनुसार कार्बाही गरी पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पती सुद्धिकरण अनुसन्धान विभाग र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी परेको पाइएको छ ।
डा.सिंहले छोटो समयमा आर्जन गरेको अकुत सम्पत्तिको स्रोत समेत खुल्ने गरि कानुन बमोजिम छानविन गरि निजलाई हदैसम्मको कारवाही गरी पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पती सुद्धिकरण अनुसन्धान विभाग र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी परेपछि उनी सांसदमा झन चर्काे स्वमा उर्लिन थालेका छन्।उनले आर्जन गरेको कुनै पनि सम्पत्तिको आधार तथा स्रोत खुलाउन नसकेका उजुरीमा लेखिएको छ ।सांसद डा.सिंहसंग भएको. फोनवार्ता कमलामाई मिडिया प्रा.लिसंग सुरक्षित रहेको छ ।यो पनि हेर्नुहोस https://kamalamaikhabar.com/news/5580

सम्बन्धित समाचार