Close This

लालबन्दीमा १५० वेडको सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-८ गते   ३२५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा १ सय ५० वेडको क्वारेन्टाईन निर्माण भएको छ ।  लालबन्दी नगरपालिका भित्र यस अघि रहेका ३ वटा क्वारेन्टाईनलाई  हटाएर कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा एउटै क्वारेनटाईन निर्माण गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
यस अघि लालबन्दी नगरपालिकाले नगरको वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी ,लालबन्दी नगरपालिका १५ परवानीपुर र लालबन्दी नगरपालिका १४ पत्थरकोटमा गरि ३ वटा क्वारेन्टाईन निर्माण गरेको थियो । तर नगरबासीको मागपछि शान्त तथा व्यावस्थीत र बस्ती भन्दा टाढा रहेको कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा नगर भित्रको एक मात्र क्वारेन्टाईन निर्माण गरिएको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो ।
१ सय ५० वेड क्षमताको क्वारेन्टाईनमा होम क्वारेन्टाईनमा बसेका ६ जनालाई शुक्रबार लगेर व्यावस्थापन गर्ने र अन्य बाहिरबाट आएका मानिसहरुलाई क्रमागत रुपमा व्यावस्थापन गर्दै लैजाने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी प्रमुख डा.चन्दन चौधरीले बताउनु भयो । 
अहिले बागवानीमा रहेको जिल्ला समन्वय समितिले तयार पारेको लालबन्दी नगरपालिका १ को वागवानीमा रहेको क्वारेन्टाईनमा १ जना,पत्थरकोटमा होम क्वारेनटाईनमा १ जना नेत्रगन्ज होम क्वारेन्टाईनमा २ जना र हिरापुरमा होम क्वारेन्टाईनमा २ जना बसेका डा.चौधरीले बताउनु भयो । शुक्रबार उनिहरु सबैलाई सो क्वारेन्टाईनमा लगेर राखिने र बाहरिबाट आउने मानिसहरुलाई पनि राख्न सुरु गर्ने डा. चौधरीले बताउनु भयो ।

नगरले यस अघि पत्थरकोट,परवानीपुर र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा २५ वेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको थियो अव भने ति क्वारेन्टाईनहरु हटाईएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाको व्यावस्थापनमा कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण गरिएको र बाहिरबाट आउने शंकास्पद मानिसहरुलाई त्यहाँ व्यावस्थापन गर्ने लालबन्दी नरगपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो ।

भरखरै निर्माण सम्पन्न भएको क्वारेन्टाईनमा शुद्ध पिउँने पानी,शौचालय,विद्युत,सिसि क्यामेरा,घेराबेरा र सरसफाई लगायतको सुविधा रहेको छ ।भने २४ सैँ घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यावस्था गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाईनको सुरक्षामा रहने सुरक्षाकर्मीहरु,स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा बस्ने मानिसहरुलाई आवश्यक सम्पुर्ण सुविधा नगरपालिकाको व्यावस्थापनमा भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech