Close This

दुई दिनमा साँढे १३ हजार लिटर घरेलु मद्यिरा नष्ट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२३ गते   ४४३ पटक हेरिएको

घरेलु मद्यिरा बनाउन प्रयोग गरिने ड्रम फोटो रितिक अधिकारी

सर्लाहीको विभिन्न गाउँबाट दुई दिनमै साँढे १३ हजार लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । लुकिछिपी सञ्चालित भट्टी पसलबाट साँढे १३ हजार घरेलु मद्यिरा बरामद् गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले जानकारी दिनु भयो ।
बसबरिया गाउँपालिकाको मानपुरबाट १० हजार लिटर भन्दा बढी मदिरा नष्ट पारिएको पहरी नाउव उपरिक्षक भाटले बताउनु भयो । भारततर्फ निर्यात गर्नेगरी व्यावसायीक रुपमा उत्पादन गरिएको ठूलो परिमाणमा घरेलु मदिरा बरामद् गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गोडैता नगरपालिकाको रामवन र बरहथवा नगरपालिकाको टाँडी लगायतका क्षेत्रबाट १ हजार ३८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी नायव उपरिक्षक भाटले जानकारी दिनु भयो ।अवैध घरेलु मदिरा उत्पादन गर्ने आधा दर्जन भट्टी पसल भत्काइएको उहाँले बताउनु भयो । भने घरेलु मद्यिरा बनाउन प्रयोग गरिएका  १३ वटा ठुला ड्रम, २९ वटा ग्यालिन् प्रहरीले नियन्त्रणमा  लिएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 
जिल्ला सदरमुकाम बाहिर रहेको ईलाका प्रहरी कार्यालयमा पहिलो पटक प्रहरी नायव उपरिक्षकको जिम्मा सम्हाल्न प्रहरी नायव उपरिक्षक भाट गत बुधबार ईलाका प्रहरी कार्यालय बरहथवा आउनु भएको थियो । प्रहरी नायव उपरिक्षक भाटले जिम्मेवारी सम्हालेको १ हप्तामै उल्लेख्य काम गर्नु भएको हो ।
समय–समयमा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु भत्काउने गरेपनि उत्पादन भने निरन्तर भईरहेकोथियो । भारतको बिहारमा मदिरा बिक्री वितरणमा प्रतिवन्ध लागेसँगै जिल्लाकोे सीमावर्ती गाउँहरुमा मदिरा पसल खुल्ने क्रम तीव्र रुपमा बढेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech