जनप्रतिनिधिहरुको गुण्डाराज निरन्तर,युवाहरु माथि आक्रमण

311 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका १ मा जनप्रतिनिधिहरु र स्थानीय युवाहरु विच विवाद भएको छ ।चन्द्रनगर गाउँपालिका १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतो र स्थानीय युवाहरु विच सामाजिक सञ्जालमा लेखिएका कुरालाई लिएर विवाद भएको स्रोतले जनाएको छ ।स्थानीय स्रोतका अनुसार चन्द्रनगर गाउँपालिका १ को वडा कार्यालयको मोटरसाइकल कात्तिक २ गते वडा सचिव रमन लुइँटेलबाट वडा अध्यक्ष महतोले प्रयोगका लागि लगेको थिए। तर सो विषयमा सचिवलाई जानकारी नदिई मोटरसाइकल लगिएको भन्दै स्थानीय युवाहरूले सामाजिक सञ्जालमार्फत “वडा अध्यक्ष महत्तोले मोटरसाइकल चोरी गरेका छन्” भन्ने आरोप सहित सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।सोही सामाजिक सञ्जालमा फैलिएको आरोपको विषयलाई लिएर वडा अध्यक्ष महत्तोको नेतृत्वमा केही युवाहरुको समूहले चन्द्रनगर गाउँपालिका १ किसनपुर कै युवा विवेकानन्द गुप्तामाथि सामूहिक आक्रमण गरेका स्रोतको दाबी छ । 
चन्द्रनगर १ का वडा अध्यक्ष महतो समुहले गुप्ताको घर घेराउ गरी कुटपिट गरेका र गाउँमा तनाबपूर्ण अवस्था सिर्जना भएको स्थानीयले बताए ।त्यसपछि स्थानीय युवा उदय प्रकाश साहको नेतृत्वमा युवाहरूले वडा अध्यक्ष महतोलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।उनीहरूले वडा अध्यक्ष महत्तोलाई पक्राउ पर्नुपर्ने मागसहित नारा बाजी गरेका थिए ।यता,सो सम्बन्धमा के भएको हो भनी बुझ्न वडा अध्यक्ष महतोलाई फोन गर्दा उनको फोन उठेन ।
स्थानीय तहहरुका साथै प्रदेश र संघीय जनप्रतिनिधिहरुको गुण्डाराज मौलाउन थालेपछि युवाहरु त्यसको विरोध स्वरुप भदौ २३ र २४ गते जेन जी आन्दोलन गरी तत्कालीन सरकारलाई अपदस्त गरेपनि जनप्रतिनिधिहरुहरुमा चेतना नआएको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार