सर्लाही लालबन्दी नगरपालिका १ नवलपुर स्थित गोरु बजार नजिक करेन्ट लागेर एक जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका १ नवलपुर स्थित गोरु बजार नजिक बोरिङमा नुहाउनको लागि मोटर चलाउन जाँदा करेन्ट लागेर एक जनाको ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
करेन्ट लागेर ज्यान जानेमा सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का अन्दाजी २२ वर्षका संजीव मल्ली रहेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार हरिपुर्व नगरपालिका ५ का मल्लीको लालबन्दी नगरपालिका १ मा आफ्ना मामाको घरमा आएका र नुहाउँने क्रममा बोरिङमा मोटर चलाउन जाँदा करेन्ट लागेर ज्यान गएको हो ।
करेन्ट लागेर ज्यान गएका मल्लीको शवलाई पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।