इश्वरपुरमा सशस्त्रको विपद् स्वयंसेवक तालिम

183 Shares

सर्लाहीले ईश्वरपुरमा विपद् स्वयंसेवक तालिम सम्पन्न भएको छ।ईश्वरपुर नगरपालिकाको सहकार्यमा बुधबार दिउँसो इश्वरपुर नगरपालिका ६ बयलबासस्थित नारायण जनता माविको प्राङ्गणमा विपद् स्वयंसेवक तालिम गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका क्षेत्रका विद्यार्थी,स्काउटरहरु लगायतलाई विपद् प्रतिकार्य तालिम दिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक अमर बाहादुर खत्रीले जानकारी दिए ।उनका अनुसार विपद् जोखिम न्यूनिकरण एवम व्यवस्थापन कार्यलाई सुदृढ बनाउन र समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन समुदायमा रहेका नागरिकलाई सक्षम बनाउने उद्देश्यकका साथ विपद् स्वयंसेवक परिचालन तालिमको शुरुवात गरिएको हो ।
ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया,नेपाली सेना कालिध्वज गणका गणपति एवम प्रमुख सेनानी उमेश खड्का,नगरपालिकाका जनप्रतिनिधिहरुका साथै कर्मचारीहरु र शिक्षक तथा विद्यार्थीहरुको उपस्तथिती रहेको थियो।नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले समय समयमा यस प्रकारका तालिमहरुको आयोजना गर्ने गरेको र यसबाट विपद् व्यवस्थापनमा निकै टेवा पुग्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

सम्बन्धित समाचार