बलात्कारको घटनाका अभियुक्तलाई १५ दिनसम्म पनि प्रहरीले नियन्त्रणमा नलिँदा पीडित थप पीडामा

893 Shares

शंखर पहाडी(गौरब) 
फागुन २५ गते भएको बलात्कारको घटनाका अभियुक्तलाई प्रहरीले करिब १५ दिन हुन लाग्दा पनि पक्राउ गरेको छैन् । हरिवन नगरपालिका ९ का कृष्ण लामिछानेकी अन्दाजी ११ वर्षिय नावालिका छोरीलाई स्थानीयअन्दाजी ५५ वर्षिय नारायण गौतमले फागुन २५ गते बिहीबार दिउँसो बजारबाट फर्किएर पानी खान गएको समयमा बलात्कार गरेका पीडित परिवारले जनाएका छन् ।
गौतमले स्थानीय कृष्ण र विनिता लामिछानेकी अन्दाजी ११ वर्षिय नावालीका छोरीलाई जबरजस्ती करणी गरेका पीडित बालिकाकी आमा विनिताले बताईन् । उनका अनुसार आफु र आफ्नी ११ वर्षिय नावालिका छोरी बजार गएर फर्किने क्रममा छोरीलाई पानीखान मन लागेको र बाटैमा घरपर्ने छिमेकी गौतमको घरमा पानी खान जाँदा गौतमले बलात्कार गरेका हुन ।
गौतमको घरमा पानी खान गएकी छोरी अचानक चिच्याउँदा आफु छोरीलाई के भयो भनी जाँदा गौतमले जबसजस्तीकरणी गरेको देखेको पीडितकी आमा  विनिताले बताईन । उनका अनुसार त्यस लगतै स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेको र स्थानीय ईलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दर्ता गरेको भएपनि स्थानीय जनप्रतिनिधि हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेती,हरिवन नगरपालिकाका नगर प्रमुख र स्थानीय राजनैतिक दलका नेताहरुका साथै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक शिवराम थापाले घटना घटेको १० दिनसम्म पनि बलात्कारी गौतमलाई नियन्त्रणमा  नलिएको पीडित परिवारको भनाई छ ।
बलात्कारीलाई यथासिघ्र नियन्त्रणमा लिएर आवश्यक कार्बाही गर्नभन्दै स्थानीय र पीडित परिवारले पटक पटक पुर्व पश्चीम राजमार्गमा चक्का जाम गरेका थिए । पीडित परिवार र स्थानीयले पुर्व पश्चीम राजमार्गमा चक्का जामगरेपछि बलात्कारी गौतमलाई यथासिघ्र नियन्त्रणमा लिने भन्दै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापा,हरिवन नगरपालिका  ९ का वडा अध्यक्ष उप्रेती,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुखप्रहरी उपरिक्षक नरेश राज सुवेदी,सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र स्थानीय विभिन्न राजनैतिक दलका नेताहरुले तीन दिनको समय माग गरेका भएपनि १० दिन हुँदा समेत बलात्कारी गौतमलाई नियन्त्रणमा नलिएर आफुहरु माथी ठुलो अन्याय गरेका पीडित बालीकाका बुबा कृष्ण लामिछानेले गुनासो गरे । बलात्कार जस्तो जघन्य अपराधमा पनि स्थानीय जनप्रतिनिधिहरु,राजनैतिक दलका नेताहरुका साथै प्रहरी प्रशासन तै चुप मै चुप बस्दा आफुहरु थप पीडित भएको उनको गुनासो छ ।
स्थानीय जनप्रतिनिधिहरु,राजनैतिक दलका नेताहरुका आफ्नो  घरमा आएर आफुहरुलाई यो घटना बाहिर नलैजान भन्दै ठुलो आर्थिक प्रलोभन देखाएका पीडित लामिछाने परिवारको भनाई छ ।
आफुहरुलाई ठुलो आर्थिक प्रलोभनमा पार्नु,प्रहरीमा जाहेरी दिँदा पनि बलात्कारी गौतमलाई नियन्त्रणमा नलिनु लगायतका कारण आफुहरुले न्यान पाउने सम्भावना बढेको पीडित लामिछाने परिवारले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
यता, प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका  प्रहरी प्रवक्ता एवम प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले बलात्कार जस्तो जघन्य अपराधका घटनामा हुनै किसिमको सम्झौता तथा मिला पत्र नहुने  बलात्कारमा संग्लग्नलाई जो जसले संरक्षण दिन्छ त्यसलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्बाही गर्ने बताए ।

सम्बन्धित समाचार