Close This

एमाले-जसपा गठबन्धनका उम्मेदवार टुङ्गाे लाग्याे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२२ गते   १२६१ पटक हेरिएको

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले सर्लाहीमा आ–आफूले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवारकाे टुङ्गाे लगाएकाे छ ।
सर्लाहीमा नेकपा(एमाले)ले क्षेत्र नं. २ र ३ पाएको छ भने जसपाले क्षेत्र नं. १ र ४ पाएकाे छ ।  एमालेले आफ्नो भागमा परेको क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष राजनारायण साह र क्षेत्र नं. ३ बाट संविधान सभाका सदस्य हरि उप्रेतीलाई टिकट दिएको छ । प्रदेशतर्फ क्षेत्र नं. ३ (क) मा हरिवन नगरपालिकाका निवर्तमान मेयर गणेश प्रसाद प्रसाईले टिकट पाएका छन् । 
त्यस्तै जसपाले क्षेत्र नं. १ बाट निवर्तमान सांसद प्रमोद साहलाई टिकट दिएको छ । उनी सर्लाही  क्षेत्र नं. १ बाट एमाले–जसपा गठवन्धनको उम्मेदवार बन्दै चुनाव लड्ने भएका हुन् ।जसपाले क्षेत्र नं. ४ मा नेता राकेश मिश्रलाई टिकट दिएको छ । 
एमाले–जसपा गठवन्धनमा प्रदेशतर्फ भने अन्य उम्मेदवारको टुंगो लाग्न बाकी रहेकाे छ ।  प्रदेशतर्फ ८ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले क्षेत्र नं. १ (ख), क्षेत्र नं. २ (क), क्षेत्र नं. ३ (क) र क्षेत्र नं. ४ (क) लिने र अन्य चारवटा क्षेत्र जसपालाई छाड्ने सहमती भएको नेकपा(एमाले) सर्लाहीका सचिव केदार खत्रीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech