कांग्रेस सर्लाहीको विवाद सत्तहमा,केन्द्रीय कार्यालयमा दुवै समुहको धर्ना

314 Shares

नेपाली कांग्रेस सर्लाहीको विवाद सत्तहमा देखिएको छ।नेपाली कांग्रेसको संस्थापन र संस्थापन ईतर समुहको आन्तरीक विवाद पछिल्लो समय केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझाउने र धर्ना सुरु गरेपछि सत्तहमा देखिएको हो।कांग्रेस सर्लाहीका संस्थापन र संस्थापन ईतर समुहले एक अर्कालाई अनावश्यक आरोप प्रत्यारोपहरु लगाउने र कार्बाहीको माग राख्दै केन्द्रीय कार्यालयमा ज्ञापन पत्र र धर्ना सुरु गरेपछि कांग्रेसको आन्तरीक विवाद सतहमा छताछुल्ल भएको छ । 
नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा निकट र संस्थापन इतर पक्ष अर्थात् शेखर कोइराला निकटका नेताहरु एक अर्कालाई आरोप लगाउँदै धर्नामा बसेपछि कांग्रेस सर्लाहीमा संस्थापन र इतर पक्षबिचको तिक्त्तता बढ्दै गएको हो ।
सर्लाहीको मनुष्मारा सिँचाई आयोजनाका रुख कटान गरेको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका कांग्रेस सर्लाहीका सभापति एवम संस्थापन पक्षका सुरेन्द्र प्रसाद सिंहलाई पदबाटै हटाउन माग गर्दै संस्थापन ईतर समुहले र निर्वाचनको समयमा पार्टीका उम्मेदवारहरुलाई घात गरेको भन्दै संस्थापन पक्षले इतर समुहलाई कार्बाहीको माग गर्दै केन्द्री कार्यालयमा धर्नाका साथै पार्टी सभापति देउवा सहितका नेताहरुलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

sasthapan etar cn.webp
स्थानीय,प्रदेश र संघीय निर्वाचनमा कांग्रेस सर्लाहीका उप सभापति नविन अधिकारीले पार्टीका उम्मेदवारहरुलाई घात गरेका भन्दै उनलाई कार्बाहीको माग राख्दै संस्थापन पक्ष आन्दोलीत भएको छ भने पार्टीको बिधानमा अदालतबाट दोषी ठहर भएका व्यक्ति पार्टीको कुनै पनि पदमा रहन नपाउने उल्लेख रहेकाले पार्टी सभापति सिंहलाई तत्काल जिम्मेवारीमुक्त गर्नुपर्ने माग रहेको संस्थापन ईतर समुहका पार्टीका जिल्ला उपसभापति अधिकारी समुह आन्दोलीत भएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिले विधान अनुसार पार्टी जिल्ला सभापति सिंहलाई पदबाट हटाउने आश्वासन यसअघिकै भेटमा दिएपनि सो कुरा कार्यान्वयन नभएपछि पुनः काठमाडौँ जानुुपरेको जिल्ला उपसभापति अधिकारीले बताएका छन्।इतर पक्षका नेताले जिल्ला सभापतिलाई हटाएर उपसभापति अधिकारीलाई कार्यवाहक सभापतिको जिम्मेवार दिनुपर्ने माग राख्दै ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना सुरु गरेको छ भने संस्थापन समुहलेउप सभापति अधिकारीलाई कार्बाहीको माग राख्दै केही दिन पहिला बाट ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना दिई रहेको नेपाली कांग्रेस सर्लाहीका नेताहरुले बताएका छन् ।
जिल्ला सभापति सिंहले आफ्नो मुद्दाको विषयमा सर्वोच्च अदालतमा फैसला पुनराअवलोकनका लागि निवेदन दिएकाले अदालतबाट अन्तिम फैसला नआउन्जेल पद छाड्नुपर्ने अवस्था नै नरहेको नेपाली कांग्रेस सर्लाहीका निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमारले बताए ।एक–अर्काविरुद्ध आरोप लगाई कारवाहीको माग राखेर कांग्रेस सर्लाहीका दुई समूहले काठमाडौं पुगेर पालैपालो पार्टी सभापति सहितका नेताहरुसँग भेटेर ध्यानाकर्षण गराई रहेका छन् ।

सम्बन्धित समाचार